मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ बैशाख ७ बुधबार ०६:२०:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

रावा बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ बैशाख ७ बुधबार ०६:२०:००

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले निष्कासन गर्न लागेको ‘आरबिबिएल डिबेन्चर–२०८९’ ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड नियुक्त भएको छ ।

नियुक्तिसम्बन्धी सम्झौतामा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसेले हस्ताक्षर गरेका हुन् ।  

बैंकले प्रतिऋणपत्र अंकित मूल्य एक हजार रुपैयाँका दरले कुल पाँच अर्ब रुपैयाँबराबरको ५० लाख कित्ता दशवर्षे ऋणपत्र बिक्री गर्न लागेको हो । आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेपछि बैंकले ऋणपत्र बिक्री गर्ने जनाइएको छ ।

निष्कासन हुने कुल ५० लाख कित्ता ऋणपत्रमध्ये ३० लाख कित्ता व्यक्तिगत तवरबाट संगठित संस्थाहरूलाई बिक्री गरिने तथा २० लाख कित्ता सर्वसाधारण नागरिकका लागि सार्वजनिक निष्कासनबाट ऋणपत्र बिक्री गरिने जनाइएको छ ।