मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ बैशाख ६ मंगलबार १०:२२:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

स्थानीयका लागि दोर्दी जलविद्युत् आयोजनाले साढे १० लाख कित्ता सेयर निष्कासन गर्ने

Read Time : < 1 मिनेट
२०७९ बैशाख ६ मंगलबार १०:२२:००

लमजुङको दोर्दीखोलामा निर्माणको अन्तिम चरणमा रहेको १२ मेगावाटको दोर्दी- १ जलविद्युत् आयोजनाले स्थानीयका लागि साधारण सेयर निष्कासन गर्ने भएको छ । आयोजनाले वैशाख १३ गतेदेखि साधारण सेयर निष्कासन गर्ने भएको हो । आयोजनाले १० करोड ५४ लाख २६ हजार रुपैयाँबराबरको १० लाख ५४ हजार दुई सय ६० कित्ता साधारण सेयर निष्कासन गर्न लागेको जनाएकाे छ । 

दोर्दी गाउँपालिकाको साबिकको भारते, अर्चलबोट, श्रीमन्ज्याङ, नौथर, पाचोक, ढोडेनी, फलेनी, बन्सार र हिलेटक्सारका बासिन्दाको लागि सेयर निष्कासन गर्न लागेको आयोजनाले जनाएको छ ।

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । स्थानीयले छिटोमा वैशाख २७ गतेसम्म र ढिलोमा जेठ ११ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ ।

कोरोना र बाढीका कारण निर्माण अवधि पछाडि धकेलिएको आयोजनाले वैशाखभित्र विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ । ०७४ साल चैतबाट सुरु भएको आयोजना सम्पन्न गरी विद्युत् उत्पादन सुरु गर्न दुई अर्ब २९ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । आयोजनामा सानिमा बैंकको अगुवाइमा पाँच बैंकले ऋण लगानी गरेका छन् ।