मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ बैशाख ६ मंगलबार १०:१४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गठबन्धनमा महानगर-उपमहानगरको सिट बाँडफाँड आज टुंगो लाग्छ : नेता पुन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ बैशाख ६ मंगलबार १०:१४:००

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) केन्द्रीय कार्यालयका इन्चार्ज पूर्वस्थायी कमिटीका सदस्य वर्षमान पुनले सत्तागठबन्धनमा सिट बाँडफाँडको टुंगो आज लाग्ने बताएका छन् । पार्टीको आइटी सेन्टरले मंगलबार  आयोजना गरेको गण्डकी प्रदेशस्तरीय भर्चुअल प्रशिक्षण कार्यक्रममा उनले आसन्न स्थानीय तह निर्वाचनमा ६ महानगर र ११ उपमहानगरको सिट बाँडफाँड केन्द्रबाटै मिलाइने बताएका हुन् । दलहरूबीच आ–आफ्नो दाबी रहेकाले मिल्न समय लागे पनि सहमति जुट्ने उनको भनाइ छ ।

नेता पुनले गठबन्धनमा नगरपालिका र गाउँपालिकाको सिट बाँडफाँड पनि मिलाउने कोसिस भइरहे पनि मिल्न नसके गठबन्धनभित्रै पनि प्रतिस्पर्धा हुने जानकारी दिए । उनले भने, ‘नगर र गाउँपालिका पनि माथिबाटै मिलाउन कोसिस गरेका छौँ । नमिले गठबन्धनबाटै हामी प्रतिस्पर्धा गछौँ, महानगरको र उपमहानगरको भने आज टुंगो लाग्छ ।’

तल्ला तहमा सिट बाँडफाँडका लागि माथिबाट पहिला कुन दलले कति प्रतिशत लिने भनेर संख्या तय गरेर प्रदेश र जिल्ला समितिलाई मिलाउन सहजीकरण गर्न सकिने नेता पुनको भनाइ छ । नेता पुनले माओवादी केन्द्रले सरकारको नेतृत्व गर्दा गरेका कामलाई व्यवस्थित रूपमा जनस्तरमा पुर्‍याउन सूचना प्रविधिलाई क्रान्तिकारी साधनका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । 

माओवादी केन्द्र केन्द्रीय प्रचार विभागका सचिव गोविन्द आचार्यले जनताले बुझ्ने गरी सरल भाषामा प्रापकलाई सुनिश्चित गरेर पाउने गरी पठाउनुपर्ने बताए । राजनीतिक, वैचारिक र नीतिगत उपलब्धिका मुद्दालाई उठाउन उनले  आग्रह गरे ।