Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७९ बैशाख ६ मंगलबार ०७:१४:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

अनुमतिविनै राति सिनेमा देखाउने हल सञ्चालकलाई कारबाही सिफारिस

Read Time : < 1 मिनेट
२०७९ बैशाख ६ मंगलबार ०७:१४:००

चलचित्र विकास बोर्डले विनाअनुमति मध्य रातिसमेत सञ्चालन गर्ने चार हललाई कारबाहीका लागि सिफारिस गरेको छ । अनुगमनका क्रममा राति हल चलाएको फेला परेपछि बोर्डले बिग मुभिज, एफक्युब, बिएसआर र वान सिनेमाज्लाई कारबाहीका लागि सिफारिस गरेको हो ।

अतिरिक्त समयमा सिनेमा देखाउनुपरे बोर्डबाट अनुमति लिनुपर्छ । तर, विनाअनुमति रातको समयमा हल सञ्चालन गरेका उनीहरूलाई कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय र गृह मन्त्रालयमा सिफारिस गरेको बोर्डका सदस्य फणिन्द्रबहादुर कटुवालले जानकारी दिए । ‘हाम्रो मुख्य उद्देश्य राज्यले स्थापना गरेको प्रणालीअनुसार चलाउनुपर्छ भन्ने हो । नियमविपरीत कसैले पनि हल सञ्चालन गर्न पाउँदैन । कारबाहीको भागीदार नियम मिचरे गर्नेहरू हुनैपर्छ । यसका लागि हामी लागिपरेका छौँ,’ उनले भने । बोर्डको अनुगमनमा राति १ बजेको ‘सो’ समेत गरेको फेला परेको छ । 

विग मुभिजका व्यवस्थापक दीपेश शर्माले विकास बोर्डसँग मंगलबार थप छलफल गर्ने बताए । उनी भन्छन्, ‘चलचित्र विकास बोर्ड सिनेमा क्षेत्रको अभिभावक हो । हामी सबैले नियम मान्नुपर्छ । तर, हामीले विकास बोर्डलाई जानकारी नगराउनु नै गल्ती भयो ।’

आफूहरूले कानुन उल्लंघन गर्ने नियतले सो थप गरी सञ्चालन नगरेको उनको दाबी छ । ‘हाम्रो नियम मिच्ने नियत होइन । दर्शकको चाप बढेपछि बाध्यताले सो थपेका हौँ । हामीले टिकटमा नाफा खाएका छैनौँ । हिसाबकिताब गडबड गरिएको छैन,’ उनले भने ।  चलचित्र नियमावली २०५७ ले मन्त्रालयले तोकेको समयमा मात्र हल चलाउन पाउने व्यवस्था गरेको छ । नियमावलीको दफा १९ मा भनिएको छ, ‘प्रदर्शकले मन्त्रालयले तोकेको समयमा मात्र चलचित्र प्रदर्शन गर्नुपर्नेछ ।’ यद्यपि, नियमावलीमा कति बजेसम्म हल चलाउने भन्ने उल्लेख छैन ।