१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
लियोनिड बेर्सिडस्काई
२०७५ फाल्गुण २९ बुधबार ०९:४०:००
Read Time : > 2 मिनेट
दृष्टिकोण

रुस छाड्ने सबै पुटिनविरोधी होइनन्

Read Time : > 2 मिनेट
लियोनिड बेर्सिडस्काई
२०७५ फाल्गुण २९ बुधबार ०९:४०:००

अमेरिकाको ‘थिंक ट्यांक’ संस्था ‘द एटलान्टिक काउन्सिल’ले देश छाड्ने रसियनबारे भर्खरै अनुसन्धानात्मक प्रतिवेदन सार्वजनिक ग-यो । जहाँ, पुटिनविरोधी बीच देश छाड्ने लहर चलेको निष्कर्ष छ । म यस्ता अनुसन्धानको स्वागत गर्छु । तर, अध्ययन गलत निष्कर्षमा पुगेको छ । अवकाशप्राप्त अमेरिकी राजदूत जोन हब्स्र्ट र रुटगर्स विश्वविद्यालयका सर्जेइ इरोफिबले तयार गरेको प्रतिवेदन काल्पनिक उपन्यासजस्तै छ । जसले रुसीको देश छाड्नुपर्ने कारण औँल्याउन सकेन । ‘सन् २०१२ अघि देश छाड्ने र त्यसपछि छाड्ने बीच जमिन–आकाशको फरक छ ।

हालै देश छोड्नेमार्फत पश्चिमा प्रभाव, उदार बाटो र भयंकर राजनीति प्रदर्शन भएको छ । उनीहरूले पुटिनविरोधी मतप्रति गहिरो समर्थन जनाएका छन्’, प्रतिवेदनमा भनिएको छ । के सत्य हो भने, ०१२ रुसका लागि एउटा घुम्ती थियो । दिमित्री मेदभेदेभले सुरक्षित राखिदिएको राष्ट्रपतिको तातो कुर्सीमा भ्लादिमिर पुटिन फर्किएका थिए । मेदभेदेभ केही खुला थिए तर, शक्तिमा फर्कनासाथ पुटिनले नट कस्न थाले । सञ्चारसंस्थामा कडा निगरानी गरे । राजनीतिक र बौद्धिक स्वतन्त्रतामा बन्देज लगाए । त्यसपछि सन् २०१४ मा उनले युक्रेनबाट क्रिमियामा नियन्त्रण कायम गरे । यो प्रतिवेदनले सन् २०१२ पछिको आप्रवासनलाई राजनीतिक अभिप्रेरित भनेको छ । त्यसै कारण पश्चिमा नीति–निर्माता रुसबाट आउने भीडको वकालत गर्नुपर्छ, उनीहरूसँग सहकार्य गर्नुपर्छ र स्वागत गर्नुपर्छ भन्दैछन् । ‘यो लहर पश्चिमा जगत् र रुसबीच पुल बन्न सक्छ, जसले निरंकुश सोच राखेको छैन’– हब्स्र्ट र इरोफिबले लेखेका छन् । 

लन्डन, बर्लिन, न्युयोर्क, सिलिकन भ्यालीलगायत क्षेत्रमा बस्ने रुसी आप्रवासीले यो निष्कर्ष र नीतिको समर्थन गरेका छन् । सन् २००० पछि रुस छाडेर यस्ता सहरमा आएका चार सयमध्ये एक सयलाई अनुसन्धानमा समावेश गराइएको छ । धेरैलाई सामाजिक सञ्जालमार्फत एटलान्टिक काउन्सिलले निमन्त्रणा पठाएको थियो । यस अनुसन्धानका अनुसार पुटिनका कारण विस्थापित भएका सन् २००० अघि रुस छाड्नेको दाँजोमा उदार छन् । उनीहरूमध्ये धेरैजना रुसको भविष्यलाई लिएर नकारात्मक छन् ।

उज्वल भविष्यका लागि पश्चिमा देशकै बाटोमा हिँडोस् भन्ने चाहन्छन् । सन् २०१२ पछि रुस छाड्नेलाई साँच्चै राजनितिकरण गरेर पुटिनविरोधी देखाइएको छ । प्रतिवेदनअनुसार राजनीतिक प्रणाली सुध्रेमा सन् ०१२ पछि विदेश पलायन भएका अधिकांश रुस फर्कन चाहन्छन् । एन्टलान्टिक काउन्सिका अनुसार सन् २००० पछि रुस छाड्ने १६–२० लाखको हाराहारीमा छन् । यसको अर्थ पश्चिमा देशमा रहेको ठूलो रुसी समुदाय नाकाबन्दी लगाएर भए पनि पश्चिमाले आफ्नो देशलाई उदार बाटोमा हिँडाउन सघाओस् भन्ने चाहन्छ ।

मेरो परिवारले सन् ०१४ मा रुस छाडेको थियो । जसको कारण क्रिमियामाथिको कब्जा थियो । मिडियामाथिको बढ्दो निगरानीले पनि भूमिका खेल्यो । मलाई पनि एन्टलान्टिक काउन्सिलको रिर्पोटमा कोट गरिएको छ । मैले गृहनगर मस्को छोड्दा लेखेको थिएँ, ‘निराशाको स्तब्धकारी बसाइसराइ ।’ तर, प्रतिवेदनले त्यस कुरालाई बंग्याएर गलत अर्थ लगाएकोमा मेरो आपत्ति छ । जहाँ भनिएको छ, ‘तिम्रो मुखदेखि भगवान्को कानसम्म ।’ सँगसँगै प्रतिवेदनका लेखकले यी उदाहरणले देश छाड्ने सबैको प्रतिनिधित्व नगर्न सक्छ भन्छन् । 

पश्चिमतर्फ आइरहेको ठूलो लहर पुटिनका कारण विस्थापित भएको हुँदै होइन । उनीहरू काम, व्यापार र अध्ययनका लागि राम्रो अवसर खोज्दै छन् । धेरैजना बर्लिन, न्युयोर्क, लन्डन, सिलिकन भ्यालीजस्ता ठूला सहरसम्म आइपुग्ने हैसियत राख्दैनन् ।

सहभागीलाई सामाजिक सञ्जाल हुँदै अनुसन्धानमा समावेश गरिएको छ । यसले आफूले इच्छाएको समूहलाई चयन गर्ने छुट दिन्छ । आफ्नो इच्छाअनुसार धेरै चरण पार गरेर उनीहरूसँग प्रश्न सोध्नु अर्थहीन छ । जबकि, थप बजेट, समय र मेहनत लगाएर प्रतिवेदन तयार गर्न सकिन्थ्यो । जसमा रुसी सामुदायले चलाएका संस्था, विद्यालय, क्लब र रेस्टुरेन्टलाई केन्द्रमा राख्न सकिन्थ्यो ।

आप्रवासी हुनुको मेरो अनुभव र प्रतिवेदनले सार्वजनिक गरेको भिन्न निष्कर्ष मात्रै सवाल होइन । युरोप र अमेरिकाले उच्च स्तरमा तयार गरेका डाटा हेरेर म भन्न सक्छु प्रतिवेदनले कसरी नकारात्मक निष्कर्ष निकालेको छ । पछिल्लो दशकमा युरोप र अमेरिका आउने रुसी आप्रवासीको संख्या उतारचढावपूर्ण छ । यो संख्या सन् ००९ मा विश्वव्यापी आर्थिक मन्दी लागेपछि केही कम भएको थियो । किनभने, यतिवेला पश्चिमा जगत्ले आप्रवासीलाई स्वागत गरेका थिएनन् । सन् ०१४ पछि आप्रवासीको संख्या बढ्नुको कारण न त क्रिमियामाथिको कब्जा हो, न पुटिन शक्तिमा आएर । आप्रवासनका विषयमा यी घटना तुलनायोग्य नै छैनन् । 

पश्चिमतर्फ आइरहेको ठूलो लहर पुटिनका कारण विस्थापित भएको हुँदै होइन । औसतमा सन् १९९० को दशकजस्तै उनीहरू काम, व्यापार र अध्ययनका लागि राम्रो अवसर खोज्दै छन् । धेरैजना बर्लिन, न्युयोर्क, लन्डन, सिलिकन भ्यालीजस्ता ठूला सहरसम्म आइपुग्ने हैसियत राख्दैनन् । उनीहरू सामान्य आर्थिक हैसियत भएका क्षमतावान् व्यक्ति हुुन् । जसले विदेशी भाषा बोल्न सक्छन् । त्यसैले, पश्चिमा देशमा आइपुगेका छन् वा आउने प्रयास गरिरहेका छन् ।

उनीहरू बौद्धिक व्यक्तित्व हुन् । सोभियत युनियन पतनको अन्तिम वर्षदेखि क्षमतावान् व्यक्ति बाहिरिनु रुसका लागि ठूलो टाउको दुखाइ हो । तर, उनीहरूको राजनीतिक दृष्टीकोण रुसमा बस्नेभन्दा भिन्न छ कि छैन भन्ने बुझ्न सतही अनुसन्धान गरेर हुँदैन । तर, यो प्रतिवेदनले रुसबाट बाहिरिने रुसीलाई जसरी पुटिनविरोधी भनेर चित्रित गरेको छ त्यो गलत छ । यस्तो प्रतिवेदनले राजनीतिक शरणार्थीका रूपमा मलाई जागिर प्राप्त गर्न सहयोग गर्ला तर, प्रत्येक रुसीसँग देश छाड्नुका आ–आफ्नै कारण छन् । उनीहरू आफू आएको देशमा शान्तिपूर्ण ढंगले बाँच्न चाहन्छन् । त्यसैले अधिकांश यस सर्वेक्षणमा भाग लिन चाहँदैनन् । 

(लेखक रुसी ‘बिजनेस डेली भेदोमोस्टी’का पूर्वसम्पादक हुन् ।) दि मस्को टाइम्सबाट