१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ बैशाख ५ सोमबार ०७:४३:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

‘नेपाल किन बनेन ?’ सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ बैशाख ५ सोमबार ०७:४३:००

कामना समूहका संस्थापक स्व. पुष्करलाल श्रेष्ठद्वारा विभिन्न समयमा गरेका सटिक राजनीतिक विश्लेषणयुक्त आलेखहरूको संग्रह ‘नेपाल किन बनेन ?’ नामक पुस्तक सार्वजनिक भएको छ ।  स्व. श्रेष्ठले ‘नेपाल किन बनेन ?’ शीर्षकमा लेखेको लेख नै उनको जीवनको अन्तिम लेख बन्यो, जो १४ मंसिर २०७५ मा नेपाल समाचारपत्र दैनिकमा प्रकाशित भएको थियो । उनको अन्तिम लेखको शीर्षकबाटै किताबको नाम राखिएको हो । 

कामना समूहका संस्थापक श्रेष्ठको तेस्रो वार्षिक पुण्यतिथिका अवसरमा उनको दोस्रो पुस्तक सार्वजनिक गरिएको हो । अघिल्लो वर्ष १५ मंसिरमा कामना समूहको वार्षिकोत्सवका उपलक्ष्यमा ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ यात्रा संस्मरण पनि प्रकाशित भएको थियो । 

यात्रा संस्मरणमा उनले युरोप, अमेरिका, दक्षिण अमेरिका, अफ्रिका र एसियाका विभिन्न मुलुकको भ्रमणका क्रममा प्राप्त गरेका रोचक र मार्मिक अनुभव एवं अनुभूति समेटेका थिए । ‘नेपाल किन बनेन ?’ले मुलुकको राजनीतिक तथा सामाजिक प्रवृत्तिगत अवस्थाको विस्तृत चित्रण गरेको छ । पुस्तकका सम्बन्धमा प्रकाशक तथा कामना न्युज पब्लिकेसन्सका प्रमुख कार्यकारी अधिकृत दिरेकलाल श्रेष्ठले नेपाली पत्रकारिताको उत्थान र मिडिया उद्योगको प्रवद्र्धनका लागि आफ्ना पिताले परिवारका सदस्यलाई नै बिर्सेर जीवन सुम्पेको बताए ।