मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ बैशाख ४ आइतबार १९:२७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपाल सुन्दर बगैंचाजस्तो होस्  : चिनियाँ राजदूत

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ बैशाख ४ आइतबार १९:२७:००

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीनले नेपाललाई उच्च महत्व दिएर स्टेट काउन्सिलर एवं विदेशमन्त्री वाङ् यीले भ्रमण गरेको बताएकी छिन् । चीनको ग्लोबल टाइम्सलाई हालै दिएको अन्तर्वार्तामा राजदूत यान्छीले चीनको नेपाल नीति मैत्रीपूर्ण रहेको र यसबाट दुवै मुलुक लाभान्वित भएको पनि दाबी गरेकी छिन् । नेपाल अन्तर्राष्ट्रिय समुदायबीच सुन्दर बगैंचाका रुपमा रहोस् भन्ने चिनियाँ चाहना रहेको पनि राजदूतले बताएकी छिन् । 

‘विदेशमन्त्री वाङको नेपाल भ्रमणले चीनले आफ्नो छिमेकी नेपाललाई दिएको महत्व र समर्थनलाई पूर्ण रूपमा दर्शाएको छ’ राजदूत यान्छीले अन्तर्वार्तामा भनेकी छिन् ।

परराष्ट्रमन्त्री डा. नारायण खड्कासँगको वार्तामा चिनियाँ समकक्षी वाङ्ले नेपाललाई तीन एजेन्डामा समर्थन गरेको उनको भनाई थियो । ‘नेपाललाई आफ्नै राष्ट्रिय परिस्थिति अनुकूल विकासको बाटोमा अघि बढ्न सहयोग गर्ने, नेपालको स्वतन्त्र घरेलु तथा परराष्ट्र नीति थप गहिरो गरि अवलम्बन गर्न सहयोग गर्ने र बिआरआईमा नेपालको सहभागीतामा चीनको सहयोग रहने बिषय विदेशमन्त्रीले स्पष्ट पार्नुभएको छ’ राजदुत होउको भनाइ थियो, ‘सहयोगका यी तीन क्षेत्रले नेपाली पक्षलाई निकै सकारात्मक संकेत दिएको छ, अर्थात् चीनको मैत्रीपूर्ण नीतिले नेपालका सबै पक्ष र जनतालाई पारस्परिक लाभकारी सहयोगलाई प्रगाढ बनाउने र साझा विकास हासिल गर्ने लक्ष्यमा योगदान पु¥याएको छ ।’  

उनले परराष्ट्र मन्त्रीहरुबीचको छलफलमा दुई देशबीच मैत्रीपूर्ण सहयोगको संकेत हिमालय क्षेत्र रहेको र यसले दुई देशबीच सहकार्य प्रबर्धन हुने चीनले विश्वास गरेको पनि उल्ल्ेख गरेकी छिन् । 

‘यो भ्रमणले नेपाल र चीनबीचको परम्परागत मित्रतालाई सुदृढ बनाएको छ, आपसी समझदारीमा अभिवृद्धि गरेको छ, रणनीतिक पारस्परिक विश्वासलाई प्रगाढ बनाएको छ’ राजदूतको भनाइ छ, ‘सहयोगका मुख्य दिशाहरू र महत्वपूर्ण क्षेत्रहरूलाई स्पष्ट पारेको छ, दुई देशका नेताहरूले गरेको सहमतिको कार्यान्वयनलाई जोड दिएको छ । द्विपक्षीय सम्बन्ध र विभिन्न क्षेत्रमा व्यावहारिक सहयोगलाई नयाँ उचाइमा पु¥याएको छ ।’