धडक फिल्मबाट बलिउडमा डेब्यु गरेकी श्रीदेवीकी छोरी जाहान्वी कपुर धर्मा प्रोडक्सनको नयाँ फिल्ममा अनुबन्धित भएकी छिन् । धडकपछि हाल धर्मा प्रोडक्सनकै तख्तमा अभिनय गरिरहेकी उनको यो तेस्रो फिल्म हो ।
भारतीय मिडियाले उल्लेख गरेअनुसार सो फिल्म इन्डियन एअरफोर्सका पाइलट गुञ्जन सक्सेनाको बायोपिक हुनेछ । फिल्मका निर्माता करण जौहार जाहान्वीले आफूलाई दिइने भूमिका जमेर निर्वाह गर्ने दाबी गरेका छन् । फिल्ममा जाहान्वीका साथ अंगद वेदीले अभिनय गर्नेछन् ।
अंगदभन्दा पहिला सो भूमिका मलयालम अभिनेता दुलकर सलमानले निर्वाह गर्ने खबर आएको थियो । दुलकरलाई किन लिइएन, त्यसबारे भने खुलेको छैन । अंगदले यसअघि सुरमा र टाइगर जिन्दा हैजस्ता फिल्ममा अभिनय गरेका थिए ।