१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ बैशाख ४ आइतबार १०:०१:००
Read Time : < 1 मिनेट
खेलकुद

झापा सुपर लिग सुरु :  विराटको  विजयी सुरुवात  

Read Time : < 1 मिनेट
२०७९ बैशाख ४ आइतबार १०:०१:००

काँकडभिट्टामा झापा सुपर लिग क्रिकेट प्रतियोगिता सुरु भएको छ । शनिबारदेखि सुरु भएको प्रतियोगितामा विराट वरियर्स बिर्तामोडले विजयी सुरुवात गरेको छ । लिगको पहिलो खेलमा सनराइज काँकडभिट्टालाई सात विकेटले पराजित गर्दै विराट विजयी भएको हो । टस जितेर विराटले फिल्डिङ रोजेको थियो । 

ब्याटिङका लागि मैदान ओर्लिएको सनराइजले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ५२ रनको लक्ष्य खडा गरेको थियो । जसमा अन्तर्राष्ट्रिय खेलाडी पवन सर्राफले ४३ बलमा ५४ रन जोडे । प्रनीश विमलीले २५, भूपाल डाँगीले १९ र शुभांकर उराँवले १६ रन जोडे । 

बलिङतर्फ विराटका विवेक यादव, सिद्धान्त लोहनी  र सुमित न्यौपानेले दुई–दुई तथा आभाष तिम्सिना र विपिन महतोले एक–एक विकेट लिए ।  सनराइजले दिएको लक्ष्य विराटले १६ दशमलव ४ ओभरमा भेट्टायो । सोनु अन्सारीले ३३ बलको सामना गरेर अर्धशतकको पारी खेल्दै ५४ रन जोडे । त्यस्तै अनिल लामिछानेले ३४, सिद्धान्त लोहनीले १६ बलमा ३३ तथा अन्तिम सुवेदीले १५ रन बनाए । 

बलिङमा सनराइज काँकडभिट्टाका विराट डाँगी र शुभांकर उराँवले एक–एक विकेट लिए । अलराउन्ड प्रदर्र्शन गर्ने विजयी टोलीका सोनु म्यान अफ दि म्याच बने । उनले तीन हजार रुपैयाँ पुरस्कार पाए । प्रदेश १ मा पहिलोपटक आयोजना भएको यो प्रतियोगितामा जिल्लाका पाँच क्लबको सहभागिता छ ।  आइतबार बिर्तामोडको बोस्टन ब्लास्टर्स र धुलाबारी टाइगर्सबीच पहिलो र भद्रपुर राइजिङ र सनराइज काँकडभिट्टाबीच दोस्रो खेल हुने आयोजक समितिका अध्यक्ष हिमाल विकेले जनाए । लर्ड बुद्ध क्रिकेट एकेडेमीको आयोजना  र  शिवशक्ति ग्रुपको रसोई तोरी तेलले मुख्य प्रायोजन गरेको प्रतियोगिता मेचीनगरका प्रमुख विमल आचार्य र क्यानका सल्लाहकार नरेश श्रेष्ठले बलिङ र ब्याटिङ गर्दै शुभारम्भ गरेका थिए ।