मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ बैशाख २ शुक्रबार १८:२१:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपालले जिम्बावे एसँग एक दिवसीय र टी ट्वान्टी सिरिज खेल्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ बैशाख २ शुक्रबार १८:२१:००

नेपाल क्रिकेट संघ(क्यान)ले ‘जिम्बावे ए’सँग हुने तीन एकदिवसीय र तीन टी ट्वान्टी सिरिजको खेल तालिका आज सार्वजनिक गरेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा आयोजना हुने उक्त सिरिजको खेल तालिकाअनुसार नेपालले जिम्बावे एसँग पहिलो एकदिवसीय खेल यही वैशाख १७ गते खेल्नेछ । त्यस्तै नेपालले आफ्नो दोस्रो खेल वैशाख १९ र तेस्रो एक दिवसीय खेल वैशाख २१ गते खेल्नेछ । 

तीन एकदिवसीय खेलिसकेपछि नेपालले फेरि जिम्बावे एसँग नै तीन टी ट्वान्टी खेल खेल्नेछ । नेपालले जिम्बावे एसँग पहिलो खेल वैशाख २३, दोस्रो खेल वैशाख २४ र तेस्रो तथा अन्तिम खेल वैशाख २६ गते खेल्नेछ । 

नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत आगामी जुनमा अमेरिका र ओमानसँग हुने त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ। त्यसैको तयारीस्वरूप नेपालले अफ्रिकी राष्ट्र जिम्बावे ए टोलीसँग खेल्न लागेको हो ।