मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ बैशाख २ शुक्रबार १३:३६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

स्थानीय औचित्य, आवश्यकता र परामर्श नै गठबन्धनको बटमलाइन : नेता महर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ बैशाख २ शुक्रबार १३:३६:००

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले स्थानीय स्तरको आवश्यकता, औचित्य र स्थानीय नेता कार्यकर्ताको परामर्शका आधारमा स्थानीय तह निर्वाचनमा गठबन्धन तय हुनुपर्ने बताएका छन्। बुढानीलकण्ठ नगरपालिका– १० मा शुक्रबार आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता महरले स्थानीय नेता कार्यकर्ताको भावनाअनुरूप निर्णय लिँदा गठबन्धनको हितमा हुने बताएका हुन्।

‘गठबन्धन गर्दा स्थानीय नेता, कार्यकर्ताको मन मिल्न आवश्यक छ। गठबन्धनसँगै मनबन्धनभन्दा  पनि अनेकौँ राजनीतिक मनहरू मिल्नु आवश्यक छ। मनै नमिलेर गठबन्धन गर्दा सहजै जित पनि हासिल गर्न सकिँदैन। त्यसैले सबै दलका शीर्ष नेताहरूले यसतर्फ पनि ध्यान दिनुपर्छ,’ महरले भने।

उनले स्थानीय स्तरका नेताकार्यकर्ताहरूलाई त्यहाँको वास्तविक वस्तुस्थिति थाहा हुने भएकाले उनीहरूका कुरा सुन्नुपर्ने बताए। ‘प्रत्येक पार्टीको अस्तित्व, स्वाभिमान र शक्तिका आधारमा मात्र गठबन्धन गरिनुपर्छ। हामी भावनामा बग्नु हुँदैन। वैचारिक समीक्षा गर्नुपर्छ,’ महरले भने।

‘गाउँगाउँ जाऔँ, कांग्रेस जिताऔँ’ अभियानका क्रममा जनताहरू एमालेप्रति आजित भएको पाइएको उनको दाबी छ। कम्युनिस्ट सरकारले जनतालाई प्रताडिन तुल्याएको कुरा जनताले भूल्न नसकेको उनले बताए। ‘अभियानका क्रममा एक लाख ६३ हजार जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। हामीले कतै हल्ला गरेनौँ। ओलीले जस्तो एकजना पार्टी प्रवेश गर्दा हामी हल्ला गर्दैनौँ । काम गर्नेहरू बोल्दैनन्। काम गरेर जनताको मन जित्न चाहन्छन्। काम नगर्नेहरू भ्रमको खेती गर्न चाहन्छन्। ओलीको भ्रमको खेती अहिले उदांगो भइसक्यो,’ महरले भने।

दुईतिहाइको सरकार टिकाउन नसकेका ओलीलाई अहिले छटपटी भइरहेको महरको आरोप छ। पछिल्ला अभिव्यक्ति ओलीको त्यही छटपटीको कारक भएको उनको दाबी छ। केही तत्वले समयमै निर्वाचन नहुने भन्दै भ्रम छरिरहेकोप्रति उनले आक्रोश पोखेका छन्।

कांग्रेसले आफ्नै सामर्थ्यमा जनताको ठूलो विश्वास जितेको भन्दै उनले देशको हितका लागि गठबन्धन गरेको बताए। देशमा राजनीतिक अस्थिरता नहोस् भनेर आफूहरू गठबन्धन गरेर घाटा व्यहोरेर भए पनि चुनावमा जान तयार रहेको उनले बताए।