मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
फाइल फाेटाे ।
नयाँ पत्रिका काठमाडौं
२०७९ बैशाख १ बिहीबार १५:०८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माओवादी आन्दोलनको ऐतिहासिकता स्वीकार्य भएपछि नेकपामा षड्यन्त्र सुरु भयो : प्रचण्ड

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ बैशाख १ बिहीबार १५:०८:००

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आफ्नो प्रभाव बढ्दै गएपछि पार्टी फुटाउने षड्यन्त्र भएको बताएका छन्। बिहीबार ललितपुरमा आयोजित माओवादी केन्द्रको माओवादी ध्रुवीकरण तथा एकता कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन्।

उनले तत्कालीन नेकपामा रहेका पूर्वएमालेका ८० प्रतिशत नेताहरूले माओवादी जनआन्दोलनको ऐतिहासिकता स्विकार्न थालेपछि पार्टीमा विद्रोह सुरु भएको बताए। तत्कालीन नेकपामा पूर्वएमालेका अधिकांश नेताहरूले अबको नेता प्रचण्ड भन्न थालेपछि पार्टी फुटाउने षड्यन्त्र भएको उनको दाबी छ। उनले अझै पनि एमालेमा रहेका अधिकांश नेताहरू समाजवादी क्रान्तिका लागि तयार इमानदार कम्युनिस्ट रहेको र उनीहरूको नेतृत्व पनि आफूले गर्नुपर्ने बताए।

‘हामीले नेकपा एमालेसँग एकता गरेका थियौँ। के विश्वासमा गरेको थियो भने अब तत्काल भूमिगत जाने, जनयुद्ध गर्ने र विद्रोह गर्ने स्थिति छैन। त्यो अवस्थामा हिजो एउटा चरण त हामीभन्दा चर्को क्रान्तिकारी कुरा गर्ने, झापा विद्रोह। मालेकालका थुप्रै नेता, कार्यकर्ता त्यहाँ छन्, अहिले पनि समाजवादतिरै जाने हो भन्ने पनि छन् भने हामी किन ध्रुवीकृत नहुने भनेर गरियो। त्यो पनि अरूले गरेका भएन, तपाईहरूलाई प्रचण्डले के–के गर्छ गर्छ भन्ने भएको थियो होला, तर जसरी एकताकेन्द्र बनाउँदा जोखिम उठाउन खोजिएको थियो । त्यो एकताबाट कम्युनिस्टहरूलाई सबैलाई एक ठाउँमा राखेर समाजवादतिर लानुपर्छ र सकिन्छ भन्ने विश्वासले हामीले नै अझ मेरो नै प्रस्तावमा काम अघि बढेको थियो। त्यो कतिवेला दुर्घटनामा पर्‍याे भने जतिवेला एमालेभित्रको ठूलो तप्काले माओवादी आन्दोलनको ऐतिहासिकता स्विकार्न थाल्यो, माओवादी जनयुद्धकै कारण नेपालमा उत्पीडित, जाती, वर्ग, क्षेत्र, समुदायले जागरण ल्याएको हो र संघीय लोकतान्त्रिक गणतन्त्र माओवादीकै कारण आएको हो भन्ने कुरामा सहमत भएको देखियो र अध्यक्ष प्रचण्डको नेतृत्वमा केन्द्रीय समितिको दोस्रो बैठकमा सबै पूर्वएमालेको पनि अत्यधिक ठूलो संख्या ८–१० जना छोडेर अबको नेता अध्यक्ष प्रचण्ड हो भन्ने ठाउँमा पुग्यो त्यसपछि षड्यन्त्र सुरु भयो । भयानक षड्यन्त्र शुरु भयो,’ उनले भने।