Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका
२०७५ पौष ७ शनिबार ०९:३१:००
Read Time : < 1 मिनेट
सप्तरंग

रवि बने दोस्रो नेपाल आइडल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष ७ शनिबार ०९:३१:००

दोस्रो नेपाल आइडलको उपाधि रवि ओडले जितेका छन् । एपी वान टेलिभिजनमा प्रसारण हुने सोको शुक्रबार राति फाइनल भएको हो । रविले शीर्ष उपाधिसँगै गोल्डेन माइक, होन्डाको कार र २२ लाख रुपैयाँ नगद पुरस्कार जिते । 

देशब्यापी अडिसनबाट उत्कृष्ट प्रस्तुति दिँदै अघि बढेका धनगढीका रविका साथमा आइडलको उत्कृष्ट चारमा पोखराका विक्रम बराल, झापाका सुमीत पाठक र झापाकै अस्मिता अधिकारी परेका थिए । चारै प्रतिस्पर्धीबीच फाइनलमा कडा प्रतिस्पर्धा देखिन्थ्यो ।

फाइनलमा विक्रम बरालले दोस्रो स्थान हासिल गरी २० लाख, सुमित पाठकले तेस्रो हुँदै १५ लाख नगद पुरस्कार पाए भने र अस्मिता अधिकारीले चौथो स्थान हासिल गरेर स्कुटर उपहार पाइन्

निर्णायकका साथै दर्शकको मतलाई निर्णायक मानिएको नेपाल आइडलमा फस्र्ट रनरअपको उपाधि विक्रम बरालले जिते । उनले उपाधिका साथ २० लाख रुपैयाँको चेक पाए । त्यसैगरी, सेकेन्ड रनरअप भए सुमीत पाठक । उनले भने १५ लाख रुपैयाँ पुरस्कार पाए । अस्मिता भने थर्ड रनरअप घोषित भइन् । उनले होन्डाको स्कुटर उपहार पाइन् । 

नेपाली टेलिभिजनहरूमा प्रसारण हुने रियालिटी सोमध्ये नेपाल आइडल सर्वाधिक चर्चित छ । अन्नपूर्ण मिडिया नेटवर्कले आयोजना गरेको गायन प्रतियोगिताको मुख्य निर्णायक संगीतकार न्हयु वज्राचार्य, कालीप्रसाद बाँस्कोटा र गायिका इन्दिरा जोशी हुन् ।