मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ चैत ३० बुधबार १८:२२:००
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

‘स्टोरी बैंक’का लागि विकास बोर्डले छान्यो २० चलचित्र 

Read Time : < 1 मिनेट
२०७८ चैत ३० बुधबार १८:२२:००

चलचित्र विकास बोर्डले स्टोरी बैंकका लागि आवेदनमा परेका २० वटा नेपाली चलचित्र छनोट गरेको छ । विकास बोर्डले जारी गरेको सूचनाअनुसार १० लघु चलचित्र र १०  फिचर चलचित्र गरी २० चलचित्र छनोट गरेको हो । 

चलचित्र विकास बोर्डले ०७८ मा स्टोरी बैंकका लागि मागेको आवेदनबाट लघु चलचित्रको पटकथाअन्तर्गत सूर्यबहादुर शाहीको ‘भगवानको घर’,  दिलीप पन्तको ‘लक्ष्मी’, सरोज सिलवालको ‘चंगा चेट’, गोपालचन्द्र लामिछानेको ‘प्रलय’, प्रकाश सापटकोटाको ‘छोरी’, सुन्दर योञ्जनको ‘एट इज एनोसपिसियस डे’, लेखनाथ पोखरेलको ‘फकलीको गाउँ’, अम्बिका भण्डारीको ‘स्कार्लेट रेड’, गोपाल विकको ‘फ्री फायर’ र ङिमा गेलु लामको ‘टू’ छनोट गरिएको छ ।  

त्यस्तै कथानक चलचित्रअन्तर्गत पटकथाका लागि मनोजबाबु पन्तको ‘हिउँले खाएको बाटो’, मीनबहादुर भामको ‘चिसो वर्ष’,  राजेशप्रसाद खत्रीको ‘श्यामश्वेत तस्बिर’, निरञ्जनराज भेटवालको ‘इन्द्रेणी पारी’, फिडेल देवकोटाको ‘काङलिङ’, भीमबहादुर रानाको ‘घाँटु’, विनोद खतिवडाको ‘केतकी’, निराजन प्रसाद थपलियाको ‘अस्तित्व’, निर्मल पौडेलको ‘गोपाली’, र नवराज खड्का (नवल) को ‘काँडेतार’ छनोट गरिएको हो । यसरी पटककथा छानिएका चलचित्र निर्माणका लागि चलचित्र विकास बोर्डले आर्थिक सहयोग गर्नेछ ।

विकास बाेर्डले स्वदेशी तथा मौलिक चलचित्र निर्माणका लागि आर्थिक सहयोग गर्नेे उद्देश्यले ‘स्टोरी बैंक कार्यविधि २०७७’ तयार गरेको थियो । कार्यविधिका अनुसार स्वदेशी चलचित्रको विकास, प्रवर्धन र संरक्षणका लागि मौलिक, ऐतिहासिक, यथार्थपरक, कलात्मक, सामाजिक, सांस्कृतिक, सन्देशमूलक एवं राष्ट्रियताको पहिचानमा आधारित कथावस्तुमा चलचित्र निर्माण गर्न प्रोत्साहनका लागि उत्कृष्ट पटकथाको छनोटका आधारमा आर्थिक सहयोग गर्ने घोषणा गरेको थियो ।