मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ चैत ३० बुधबार ११:०३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ओखलढुंगामा जिप दुर्घटना, दुुईको  मृत्यु

Read Time : < 1 मिनेट
२०७८ चैत ३० बुधबार ११:०३:००

ओखलढुंगामा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । सोलुखुम्बुबाट विराटनगर जाँदै गरेको जिप बुधबार बिहान करिब ९:३० बजे मानेभञ्ज्याङ गाउँपालिका– ६ भडारे खोलानजिकै दुर्घटना  भएको थियाे । 

जिपमा नौजना सवार रहेकामा दुईजनाको घटनास्थलमै मृत्यु भएको र अन्य घाइतेको उद्धारकार्य जारी रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुकदेव खनालले जानकारी दिए । घाइतेहरूको उदयपुरको घुर्मीस्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । 

गम्भीर घाइतेको हेलिकाेप्टरबाट उद्धार गरेर काठमाडौं रेफर गर्ने तयारी भइरहेको छ । सवारी नम्बर, मृतक र घाइतेको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । सडकबाट झरेको जिप भिरमा अड्किएको  छ ।