मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ चैत ३० बुधबार ०६:४१:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

केयूमा समसामयिक अध्ययन केन्द्र स्थापना

Read Time : < 1 मिनेट
२०७८ चैत ३० बुधबार ०६:४१:००

काठमाडौं विश्वविद्यालय–नेपाल समसामयिक अध्ययन केन्द्र (केयू–एनसिसिएस) स्थापना भएको छ । सामाजिक, राजनीतिक तथा अन्य समाज विज्ञानको विधामा अध्ययन अनुसन्धानलाई अघि बढाउने गरी अध्ययन केन्द्र सुरु भएको हो । 

ललितपुरको हात्तीवनस्थित काठमाडौं विश्वविद्यालयको स्कुल अफ आर्टस्मा मंगलबार आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति डा.रामवरण यादवले केन्द्रको उद्घाटन गरे । समाजका सीमान्तकृत खासगरी दलितहरूको उत्थानमा अग्रणी भूमिका निर्वाह गरेका सामाजिक चिन्तक डा.भीमराव अम्बेडकरको १३१औँ जन्मजयन्तीको सन्दर्भ पारेर यादवले केयू–एनसिसिएसको उद्घाटन गरेका हुन् ।

उनले संविधानबारे अम्बेडकर अडानझैँ दस्ताबेज आफैँमा पूर्ण नभए पनि अपनत्व दिएर जान सके समाज र देशका पक्षमा काम गर्ने वातावरण बन्ने विश्वास व्यक्त गरे । काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले नयाँ केन्द्रले समाजका समसामयिक विषय खासगरी दलित र अल्पसंख्यकका विषयलाई अध्ययन अनुसन्धानको विषय बनाउनुपर्ने बताए । 

नेपालका चर्चित राजनीतिशास्त्रीहरूद्वारा नेपाल समसामयिक अध्ययन केन्द्र स्थापना गरिएको थियो । जसले सामाजिक, आर्थिक, राजनीतिक, कूटनीतिकलगायतका विषयमा थुप्रै महत्वपूर्ण अध्ययन गरेको थियो । संस्थाका संस्थापक प्रा.डा.लोकराज बरालले आर्थिकलगायतका कारणले बन्द गर्नुपर्ने अवस्था आएको र संस्थालाई बन्द गर्नुभन्दा विश्वविद्यालयलाई जिम्मा लगाएको र यसबाट धरैले लाभ लिन सक्ने बताए ।

तत्कालीन संस्थाका अध्ययन प्रतिवेदन, पुस्तकलगायत सामग्री काठमाडौं विश्वविद्यालयलाई हस्तान्तरण गरिएको छ । विश्वविद्यालयको स्कुल अफ एजुकेसनका डिन प्रा.डा. बालचन्द्र लुइँटेलले समसामयिक अध्ययन केन्द्र स्कुल अफ आट्र्सअन्तर्गत रहेपछि सबै क्षेत्रको अध्ययन गर्न सक्ने बताए । केन्द्र विश्वविद्यालयको अंग बनेपछि डा. बराल मानार्थ अध्यक्ष र डा.उद्धव प्याकुरेल सदस्य सचिव रहेको सञ्चालक समितिले कार्यविधि बनाई अघि बढ्ने जनाएको छ ।