१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ चैत २९ मंगलबार २०:०४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

केयूमा समसामयिक अध्ययन केन्द्र स्थापना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ चैत २९ मंगलबार २०:०४:००

काठमाडौं विश्वविद्यालय–नेपाल समसामयिक अध्ययन केन्द्र (केयू–एनसिसिएस) स्थापना भएको छ । सामाजिक, राजनीतिक तथा अन्य समाज विज्ञानको विधामा अध्ययन अनुसन्धानलाई अघि बढाउने गरी नेपाल समसामयिक अध्ययन केन्द्र स्थापना भएको हो । 

ललितपुरको हात्तीवनस्थित काठमाडौं विश्वविद्यालयको स्कुल अफ आर्ट्समा आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति डा. रामवरण यादवले केन्द्रको उद्घाटन गरेका हुन् । समाजका सीमान्तकृत खास गरी दलितहरूको उत्थानमा अग्रणी भूमिका निर्वाह गरेका सामाजिक चिन्तक डा. भीमराव अम्बेडकरको १३१औँ जन्मजयन्तिको सन्दर्भ पारेर यादवले केयू–एनसिसिएसको उद्घाटन गरे । 

यादवले संविधानका बारेमा अम्बेडकर अडान झैँ दस्ताबेज आफैँमा पूर्ण नभए पनि अपनत्व दिएर जान सके समाज र देशका पक्षमा काम गर्ने वातावरण बन्ने विश्वास व्यक्त गरे । 
काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाले नयाँ केन्द्रले समाजका समसामयिक विषयहरू खास गरी दलित र अल्पसंख्यकका विषयलाई अध्ययन अनुसन्धानको विषय बनाउनुपर्ने बताए । 

नेपालका प्रख्यात राजनीतिक शास्त्रीहरूद्वारा नेपाल समसामयिक अध्ययन केन्द्र स्थापना गरिएको थियो । त्यसले सामाजिक, आर्थिक, राजनीतिक, कूटनीतिक लगायतका विषयमा थुप्रै महत्वपूर्ण अध्ययन गरेको थियो । संस्थाका संस्थापक प्रा.डा. लोकराज बरालले आर्थिकलगायतका कारणले बन्द गर्नुपर्ने अवस्था आएको र संस्थालाई बन्द गर्नुभन्दा विश्वविद्यालयलाई जिम्मा लगाएको र यसबाट धरैले लाभ लिन सक्ने बताए ।

तत्कालीन संस्थाका अध्ययन प्रतिवेदन, पुस्तकलगायत सामग्री काठमाडौं विश्वविद्यालयलाई हस्तान्तरण गरिएको छ । विश्वविद्यालयको स्कुल अफ एजुकेसनका डिन प्रा.डा. बालचन्द्र लुइँटेलले समसामयिक अध्ययन केन्द्र स्कुल अफ आट्र्सअन्तर्गत रहेपछि सबै क्षेत्रको अधययन गर्न सक्ने बताए । 

केन्द्र विश्वविधालयको अंग बनेपश्चात डा. बराल मानार्थ अध्यक्ष र डा. उद्धव प्याकुरेल सदस्य सचिव रहेको संचालक समितिले कार्यविधि बनाई अघि बढ्ने जनाएको छ ।