१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ चैत २९ मंगलबार १९:५७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सत्तारुढ गठबन्धन बैठक : तालमेल र दलीय शक्तिको रिपोर्ट पठाउने समय थप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ चैत २९ मंगलबार १९:५७:००

सत्तारुढ गठबन्धनको तालमेल र दलीय शक्तिको रिपोर्ट पठाउने समय थप भएको छ । यसअघि चैत मसान्तसम्म रिपोर्ट पठाउन भनिएकोमा अब ४ वैशाखसम्मको समय दिइएको छ ।  

प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार साँझ बसेको बैठकले सत्तारुढ पाँचदलीय गठबन्धनको बैठकले आगामी ४ वैशाखभित्र स्थानीय तालमेल र दलीय शक्तिको रिपोर्ट पठाउन स्थानीय संयन्त्रलाई निर्देशन दिएको हो । 

बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत गठबन्धनका सबै दलका शीर्ष नेता सहभागी थिए । 

गठबन्धन दलका शीर्ष नेताहरूले यसअघि देशभर चुनावी तालमेल गर्न अपिल गरेका थिए ।