मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ चैत २९ मंगलबार १८:१९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाल–बंगलादेश कूटनीतिक सम्बन्धको ५० वर्ष 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ चैत २९ मंगलबार १८:१९:००

नेपाल र बंगलादेशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वर्षगाँठ पारेर नेपालस्थित बंगलादेशी दूतावासले एक भिडियो सार्वजनिक गरेको छ । बंगलादेशको सामुद्रिक किनारदेखि नेपालको हिमालसम्म समेटेर तयार पारिएको भिडियोमा दुवै देशको आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक, राजनीतिक, कूटनीतिक समानता र विविधता झल्किएको छ । भिडियोमा नेपाल र बंगलादेशका समान आर्थिक विकासका आकांक्षाहरू र एजेन्डाहरूमा जोड दिइएको छ । 

भिडियोमा नेपालको जलविद्युत् बंगलादेशको लागि सफा उ‍‍र्जाको महत्वपूर्ण स्रोत हुन सक्ने बताइएको छ । आफ्ना १७ करोड जनसंख्या नेपालको लागि बजार हुन सक्ने सम्भावनाबारे पनि चर्चा गरिएको छ ।

सन् १९७१ मा स्वतन्त्र राष्ट्रको रूपमा बंगलादेशको उदय भएको अर्को वर्ष १९७२ अप्रिल ८ मा नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । हाल नेपाल र बंगलादेश विश्वका विभिन्न संगठनलगायत सार्क र बिमस्टेकजस्ता क्षेत्रीय निकायहरूमा पनि सहकार्य गर्दै आइरहेका छन् । गत वर्ष राष्ट्रपति विद्यादेवी भण्डारीले ढाकाको भ्रमण गरेकी थिइन् ।