मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस
२०७५ फाल्गुण २८ मंगलबार १८:२३:००
Read Time : < 1 मिनेट
समाचार

हात्तीको आक्रमणमा एकको मृत्यु

Read Time : < 1 मिनेट
रासस
२०७५ फाल्गुण २८ मंगलबार १८:२३:००

जंगली हात्तीको आक्रमणबाट कनकाई नगरपालिका–२ का ६३ वर्षीय होमनाथ खनालको मृत्यु भएको छ । मंगलबार अपराह्न जामुनखाडी सामुदायिक वनमा घाँस काट्न गएका खनाललाई हात्तीले कुल्चेर मारेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । 

श्रेष्ठका अनुसार खनालसँगै घाँस काट्न गएका कनकाई–२ माझी गाउँका चार जना भने भाग्न सफल भएका थिए । घटनास्थलमा इलाका प्रहरी कार्यालय सुुरुङ्गाको प्रहरी टोली पुगेको छ ।