१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ चैत २८ सोमबार १४:११:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निर्वाचनमा जवाफदेहिता र पारदर्शिता कायम राख्न सबैकाे भूमिका आवश्यक : सभामुख सापकोटा

Read Time : < 1 मिनेट
२०७८ चैत २८ सोमबार १४:११:००

सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचनमा जवाफदेहिता र पारदर्शिता कायम राख्न सबैले भूमिका खेल्नुपर्ने बताएका छन्। सूचना आयोगले सोमबार कुपन्डोलमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा सभामुख सापकोटाले यस्तो बताएका हुन्।

‘वैशाख ३० गते निर्वाचन हुँदै छ। यो महान् उत्सव हो। यो समयमा जवाफदेहिता र पारदर्शितालाई कायम राख्न सबैले भूमिका खेल्नुपर्छ,’ उनले भने, ‘निर्वाचनमा चुनौतीभन्दा अवसर बढी छ। कसरी निर्वाचनलाई सफल बनाउन सकिन्छ त्यसमा लाग्नुपर्छ।’

निर्वाचनलाई लोकतन्त्रको आत्माका रूपमा उल्लेख गर्दै उनले यसको सबैले सदुपयोग गर्नुपर्ने बताए । निर्वाचन प्रक्रियामा सबै दललाई सहभागी गराउनुपर्ने भन्दै उनले भने, ‘निर्वाचन प्रक्रियाबाहिर रहेका दललाई पनि ल्याउन प्रयत्न गर्नुपर्छ। यो महान् अवसरबाट हामी फाइदा लिन सक्छौँ।’

कार्यक्रममा  कानुनविद् काशीराज दाहालले  निर्वाचनको सन्दर्भमा सही सूचना प्रवाह र कानुनी व्यवस्थाका विषयमा आफ्नो धारणा राखे। यसैगरी, पानोस साउथ एसियाका तर्फबाट दीपक अधिकारीले राजनीतिमा सक्रिय महिलाविरुद्ध हुने हिंसाबारे कार्यपत्र प्रस्तुत गरेका थिए भने टंक अर्यालले भ्रमपूर्ण सूचनाले निर्वाचनमा पार्ने प्रभावबारे प्रस्तुतीकरण दिएका थिए।