मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ चैत २८ सोमबार १३:०५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विप्लव नेतृत्वको नेकपालाई पनि निर्वाचनमा सहभागी गराऔँ : कांग्रेस नेता महर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ चैत २८ सोमबार १३:०५:००

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नेत्रविक्रम चन्द विप्लप नेतृत्वको नेकपा माओवादीलाई पनि निर्वाचनमा भाग लिने वातावरण निर्माण गर्नुपर्ने बताएका छन् । राष्ट्रिय सूचना आयोगद्वारा आयोजित स्थानीय निर्वाचनलक्षित कार्यक्रममा बोल्दै नेता महरले लामो संघर्षपछि प्राप्त उपलब्धिको रक्षा गर्दै लोकतन्त्रको संस्थागत विकासका लागि निर्वाचनमा भाग लिन चाहेको नेकपालाई चुनावी प्रक्रियामा आउने वातावरण मिलाउनुपर्ने धारणा राखेका हुन् ।  

मुलुक लामो समय द्वन्द्वमा फसेर शान्तिप्रक्रियामा आइसकेको अवस्थामा सबै राजनीतिक दललाई निर्वाचनमा सहभागी हुन सक्ने वातावर‌ण मिलाउन सरकारसँग मागसमेत गरे । ‘सभामुखजी यहीँ हुनुहुन्छ। म उहाँमार्फत सरकारलाई सबै राजनीतिक दललाई चुनावमा सहभागी हुने वातावरण मिलाउन आग्रह गर्न चाहन्छु,’ नेता महरले भने, ‘मुलुक लामो द्वन्द्वपछि शान्तिप्रक्रियामा आएको छ। अब पनि मुलुकमा द्वन्द्वको अवस्था सिर्जना हुनुहुँदैन। तीनै तहको निर्वाचन सौहार्द वातावरणमा सम्पन्न होस्।’

नेता महरले सबैलाई सत्यतथ्य सूचना मात्रै सम्प्रेषण गर्न आग्रह पनि गरे । भ्रमपूर्ण सूचनाले निर्वाचनलाई नै प्रभावित पार्ने भएकाले सत्यतथ्य सूचना मात्र सम्प्रेषण गर्नुपर्ने उनको भनाइ छ ।