Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ चैत २७ आइतबार २१:५१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

यातायात व्यवसायीलाई गृहमन्त्रीको आग्रह- यात्रुलाई बोझ हुने गरी भाडा नलिनुस् (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ चैत २७ आइतबार २१:५१:००

गृहमन्त्री बालकृष्ण खाणले यात्रुलाई बोझ हुने गरी भाडा नलिन यातायात व्यवसायीलाई आग्रह गरेका छन् । गृहमन्त्री खाणले एकैठाउँमा जाँदा पनि फरकफरक भाडादर दिने अवस्थाको तत्काल अन्त्य गर्नुपर्ने बताए । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको छैठौँ राष्ट्रिय महाधिवेशनको आइतबार काठमाडौंमा उद्घाटन गर्दै उनले भाडा निर्धारण गर्दा यात्रु र व्यवसायी दुवैलाई मर्का नहुने बाटो अवलम्बन गर्नुपर्ने बताए । उनले यातायातको क्षेत्रलाई प्रविधिसँग जोडेर अघि बढाउन आवश्यक पर्ने ऐन, कानुन तर्जुमा गर्न सरकार प्रतिबद्ध रहेको पनि बताए । त्यसका लागि सरकारले सरोकारवाला पक्षसँग बृहत् छलफल गरेर अघि बढ्न चाहेको उनको भनाइ छ । 


खाणले सरकारले सबै खालका उद्योगी, व्यवसायीको लगानीको सुरक्षा गर्ने दायित्वलाई गम्भीरतापूर्वक लिएको बताए । कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले कन्डिसनमा नभएको गाडी सञ्चालनमा रोक लगाउन सरकारले अझै कडाइ गर्ने बताए ।