मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ चैत २७ आइतबार १४:४४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाली सेनाद्वारा सशस्त्र प्रहरीलाई ५९० थान हतियार हस्तान्तरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ चैत २७ आइतबार १४:४४:००

नेपाली सेनाले सशस्त्र प्रहरी बललाई पाँच सय ९० थान हतियार तथा गोलीगट्ठा र हतियार सामग्री हस्तान्तरण गरेको छ। जंगी अड्‍डामा आइतबार आयोजित कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई इन्सास राइफल नाल पाँच सय र लाइट सपोर्ट वेपन्स नाल ९० गरी जम्मा पाँच सय ९० नाल हतियार तथा सोको एम्युनिसन सम्बद्ध सामग्रीहरू हस्तान्तरण गरेका हुन्।

मन्त्रिपरिषद्ले चैत २४ गते सेनाका हतियार सहयोगस्वरूप सशस्त्रलाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो। निर्णयबमोजिम सहयोगस्वरूप इन्सास राइफल नाल नौ हजार र  लाइट सपोर्ट वेपन्स नाल एक हजार ६ सय गरी कुल १० हजार ६ सय नाल हतियार उपलब्ध गराउने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

शनिबार पहिलो चरणमा इन्सास राइफल नाल पाँच सय र लाइट सपोर्ट वेपन्स नाल ९० गरी कुल पाँच सय ९० नाल हतियार हस्तान्तरण गरिएको थियो। रक्षासचिव किरणराज शर्मा र गृहसचिव टेकराज पाण्डेको उपस्थितिमा हतियार हस्तान्तरण भएको सेनाले जनाएको छ। सेनाले सशस्त्र प्रहरी बललाई तालिम, विशिष्ट र अतिविशिष्ट व्यक्ति सुरक्षा, कार्यालय सुरक्षा तथा ठुला कार्यक्रमहरू सञ्चालन गर्ने प्रयोजनका लागि नाै हजार थान इन्सास राइफल उपलब्ध गराउनेछ।
 
सेनाले बाँकी हतियार तथा एम्युनिसन क्रमशः हस्तान्तरण हुने जनाएको छ। यसबाट सशस्त्र प्रहरी बलको क्षमता अभिवृद्धि हुनुको साथै सुरक्षा निकायहरूबीचको सम्बन्धसमेत थप बलियो हुने विश्वास सेनाले लिएको छ।