मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
टेकराज थामी काठमाडाैं
२०७८ चैत २७ आइतबार ०६:०६:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

१३ वर्षमा ८४ हजार लागुऔषध प्रयोगकर्ता थपिए

Read Time : > 1 मिनेट
टेकराज थामी, काठमाडाैं
२०७८ चैत २७ आइतबार ०६:०६:००

०६३ मा देशभर ४६ हजार ३०९ लागुऔषध प्रयोगकर्ता रहेकामा ०७६ मा एक लाख ३० हजार ४२४ पुगेका छन्

गृहको तथ्यांकअनुसार देशभर आपराधिक गतिविधिमा आबद्ध २४ हजार ५५९ कैदीमध्ये चार हजार ४७७ अर्थात् १८.२२ प्रतिशतले नार्कोटिक्स नामक लागुऔषध प्रयोग गर्थे

लागुऔषध प्रयोगकर्ताको संलग्नता आपराधिक गतिविधिमा पनि बढेका छन् : जीवनकुमार श्रेष्ठ, प्रहरी उपरीक्षक,  लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर
लागुऔषध प्रयोगकर्ता बढ्ने क्रममा छन्, उनीहरूको संलग्नता आपराधिक गतिविधिमा पनि बढेको छ । बजारमा विभिन्न नामका लागुऔषध आउने भएकाले सबैले गहन रूपमा अध्ययन अनुसन्धान गर्न आवश्यक देखिन्छ । औषधि पसलहरूले समेत गोप्य रूपमा यस्ता लागुऔषध बिक्री–वितरण गर्दै आएका भेटिएका छन् ।

सरकारले लागुऔषध नियन्त्रणमा कडाइ गरे पनि दुव्र्यसनीको संख्या भने तीव्र बढिरहेको छ । पछिल्ला १३ वर्षमै देशभर ८४ हजार एक सय १५ लागुऔषध प्रयोगकर्ता बढेको सरकारकै तथ्यांकले देखाएको छ । 

गृह मन्त्रालयअन्तर्गत लागुऔषध नियन्त्रण शाखाका अनुसार ०६३ मा लागुऔषध प्रयोगकर्ताको संख्या ४६ हजार तीन सय नौ थियो । ०६९ मा यो संख्या बढेर ९१ हजार पाँच सय ३४ पुगेकोमा ०७६ मा अझै बढेर एक लाख ३० हजार चार सय २४ पुगेको छ । त्यसयताको एकीकृत तथ्यांक तयार छैन । दुर्व्यसनीको बढ्दो संख्याले राज्यलाई चुनौती थपेको छ । 

गृहको तथ्यांकअनुसार देशभर २४ हजार पाँच सय ५९ कैदी आपराधिक गतिविधिमा आबद्ध भएका छन् । उनीहरूमध्ये चार हजार चार सय ७७ अर्थात् १८.२२ प्रतिशतले नार्कोटिक्स नामक लागुऔषध प्रयोग गर्ने गरेका थिए । 

‘लागुऔषध प्रयोगकर्ता बढ्ने क्रममा छन्, उनीहरूको संलग्नता आपराधिक गतिविधिमा पनि बढेको छ,’ लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले भने, ‘बजारमा विभिन्न नामका लागुऔषध आउने भएकाले सबैले गहन रूपमा अध्ययन अनुसन्धान गर्न आवश्यक देखिन्छ । औषधि पसलहरूले समेत गोप्य रूपमा यस्ता लागुऔषध बिक्री–वितरण गर्दै आएका भेटिएका छन् ।’ 

०७४/७५ मा लागुऔषधसम्बन्धी दुई हजार नौ सय ९० मुद्दा दर्ता भएका थिए । ०७५/७६ मा तीन हजार ६ सय ७५ र ०७६/७७ मा दुई हजार नौ सय तीन मुद्दा दर्ता भएका थिए । त्यस्तै, ०७७/७८ मा तीन हजार नौ तथा ०७८ फागुनसम्म दुई हजार पाँच सय १७ मुद्दा दर्ता भएका छन् । 

लागुऔषध नियन्त्रण शाखाको आयोजना तथा रिकोभरी नेपालको सहकार्यमा शनिबार राजाधानीमा लागुऔषध उपचार तथा पुनस्र्थापना केन्द्र सञ्चालक व्यवस्थापकका लागि व्यवस्थापन तथा मनोसामाजिक तालिम दिइएको छ । देशभर दुई सय ४७ सुधारगृह सञ्चालनमा छन् । नेपालको कानुनले गाँजा, अफिम, हिरोइन, मर्फिन, कोकिनजस्ता आगुऔषधलाई अवैध घोषणा गर्दै बिक्री–वितरण तथा प्रयोगमा निषेध गरेको छ ।