Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
फाइल फाेटाे ।
नयाँ पत्रिका काठमाडौं
२०७८ चैत २६ शनिबार १५:२५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

स्थानीय चुनावबारे माधव नेपाल भन्छन्- भोलि जे होला, अहिले चुनावको तयारीमा लागौँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ चैत २६ शनिबार १५:२५:००

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले कार्यकर्ताहरूलाई चुनावको तयारीमा लाग्न आग्रह गरेका छन्। स्थानीय तहको चुनाव ताेकिएकाे समयमा हुँदैन कि भन्ने हल्ला चलिरहेको भन्दै उनले भोलि जे भए पनि अहिले चुनावको तयारीमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरेका हुन् ।

‘संशय त छ। जेठको ५ गते पहिलो चुनाव भएको थियो । असारको १५ गते अर्को चुनाव भएको थियो। असोजको पहिलो हप्तामा ७ गते चुनाव भएको थियो। असोजमा चुनाव भएका मान्छेहरूको पाँच वर्ष पुगेको छैन। त्यसको जवाफ कसले
दिने ? कानुनमा त्रुटि छ, संवैधाननिक अधिकारको हरण भएको छ,’ अध्यक्ष नेपालले भने, ‘यो चुनावले असोजमा पाँच वर्ष पुग्नेहरूको विपक्षमा निर्णय गरेको छ भन्ने कुरा उठिरहेको छ। भोलि जे होला–होला, अहिले हामी वैशाख ३० गतेकै चुनावको तयारीमा जुटौँ।’

आफूहरूको पार्टी बनेको छोटो समयमा नै पार्टीमा आकर्षण बढेको उनको जिकिर छ। उनले भने, ‘हिजो मात्रै काठमाडौंमा वरिष्ठ अधिवक्ता, सिएहरू पार्टीमा प्रवेश गरे, मधेसी समुदायको एउटा ठूलो पंक्ति प्रवेश गरे। प्रवेश गर्नेहरूको संख्या दिनदिनै बढ्दै छ।’