मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ चैत २५ शुक्रबार २०:४८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्र बैंकका गभर्नर निलम्बित  ः बैठकमा छलफल भएन, माइन्युटमा लेखियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ चैत २५ शुक्रबार २०:४८:००

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बनमा परेका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विलासी वस्तुको आयात रोक्न अर्थ मन्त्रालयले दिएको निर्देशनको सूचना सार्वजनिक गरेको भन्दै छानबिन समिति गठन गरेपछि गभर्नर अधिकारी स्वत: निलम्बनमा परेका हुन् । यससम्बन्धी निर्णय सार्वजनिक गरिएको भने थिएन ।

 अर्थ मन्त्रालयले यो विषयको छानबिन गर्न पूर्वन्यायधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा तीन सदस्यीय छानबीन समिति पनि बनाएको छ । बैठकमा उनलाई निलम्बन गर्ने विषयमा छलफल नभए पनि माइन्युटमा भने पारिएको थियो ।