मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ चैत २५ शुक्रबार २०:१४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

श्रीमानकाे आत्महत्या दुरुत्साहनको आरोपमा श्रीमती पक्राउ

Read Time : < 1 मिनेट
२०७८ चैत २५ शुक्रबार २०:१४:००

आत्महत्या दुरुत्साहनको आरोपमा चितवनको भरतपुरबाट एक महिला पक्राउ परेकी छिन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीका अनुसार भरतपुर ८ दुर्गाचोक बस्ने मिरा सुवेदीलाई उनको आफ्नो श्रीमानको हत्या दुरुत्साहनको जाहेरीको आधारमा पक्राउ गरिएको हो ।

उनका श्रीमान् ४२ वर्षीय उत्तम सुवेदी चैत २४ गते बिहान साढे ६ बजेतिर आफ्नै घरको भान्साकोठाको पंखामा झुन्डिएकाे अवस्थामा भेटिएका थिए । घाँटीमा बिजुलीको तार लगाएर झुन्डिएको खबर पाएपछि प्रहरी पुगेको थियो।

मृतकका दाजुले आत्महत्या दुरुत्साहनमा जाहेरी दिएकोले उनलाई नियन्त्रणमा लिएर चितवन जिल्ला अदालतवाट म्याद थपको अनुमति प्राप्त गरी थप अनुसन्धान जारी रहेको डिएसपी अधिकारीले बताए । घटनास्थल मुचुल्कालगायतको कार्य सम्पन्न गरेर मृतकको शव पोस्टमार्टमको लागि भरतपुर अस्पतालमा लगिएको थियो ।