मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ चैत २५ शुक्रबार १९:४२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अध्ययनको लागि विदेश जाने विद्यार्थीहरूलाई स्वदेशमै उच्च शिक्षा दिने वातावरण सिर्जना गर्नुपर्छ : राष्ट्रपति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ चैत २५ शुक्रबार १९:४२:००

राष्ट्रपति विद्यादेवी भण्डारीले उच्च शिक्षा अध्ययनको लागि विदेश जाने विद्यार्थीहरूलाई स्वदेशमै उच्च शिक्षा दिने वातावरण सिर्जना गर्नुपर्ने बताएकी छिन् । शुक्रबार उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल (हिसान) को काठमाडौंमा सुरु भएको आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले उच्च शिक्षा अध्ययनको लागि विदेश जाने विद्यार्थीहरूलाई स्वदेशमै उच्च शिक्षा दिने वातावरण सिर्जना गर्नुपर्ने बताएकी हुन् ।

उनले नेपालबाट उच्च शिक्षाका लागि वर्षेनी हजारौँ विद्यार्थी विदेश पलायन भइरहेको भन्दै यसक्रमलाई रोकेर उच्चस्तरीय शैक्षिक संस्थाहरू निर्माण गरी विदेशी विद्यार्थीहरूको अध्ययनको गन्तव्य बनाउन सकिने बताइन् । राष्ट्रपति भण्डारीले विदेशी विद्यार्थीहरूलाई समेत नेपालमा अध्ययन तथा अनुसन्धानका लागि आकर्षित गर्न सके शिक्षाको लगानी परिणाममा निकाल्न सकिने बताइन् । उनले स्वदेशमै उच्च शिक्षा दिन सके स्वाबलम्वी र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न सहयोग पुग्ने विश्वास पनि व्यक्त गरिन् । 

राष्ट्रपति भण्डारीले भनिन्, ‘नेपालमा माध्यामिक र उच्च शिक्षाको शिक्षा प्रदान गर्न निजी क्षेत्रबाट सञ्चालित शिक्षालयहरूले पुर्‍याएको योगदानले शैक्षिक प्रगतिको लक्ष्य हासिल गर्न हिसान सक्षम हुनेछ भन्ने विश्वास लिएकी छु । मूलतः नेपालमा १० जोड दुई शिक्षा सुरुवात भएपछि निजी क्षेत्रले पनि उच्च शिक्षाको क्षेत्रमा लगानी गर्न थालेको हो । आवश्यक तयारी नपुग्दै १० जोड २ शिक्षा सुरु भएको परिवेशमा निजी क्षेत्रले यसको शैक्षिक व्यवस्थापनमा देखाएको अग्रसरताको म सराहना गर्न चाहन्छु । यस नीतिका कारण विद्यालय र विश्वविद्यालयमा अध्ययनमा लगाएको समयका दृष्टिकोणले नेपालको शिक्षालय अन्तर्राष्ट्रिय प्रणालीसँग आबद्ध गर्न सहयोग पुगेको भए तापनि गुणस्तरका दृष्टिले अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न हामीले अझै ठूलो परिश्रम गर्नुपर्नेतर्फ पनि ध्यानाकर्षण गर्न चाहन्छु ।’