मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ चैत २५ शुक्रबार १४:१२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पहाड र हिमालमा पनि सिँचाइ आयोजना बनाउनुपर्छ : मन्त्री भुसाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ चैत २५ शुक्रबार १४:१२:००

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगामी दिनमा पहाडी र हिमाली भेगमा  सिँचाइका आयोजनाहरू बनाउनुपर्ने बताएकी छिन् । शुक्रबार सिँचाइ दिवसको अवसरमा जलस्रोत तथा सिँचाइ विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री भुसालले आगामी दिनमा सिँचाइका आयोजनाहरू देशको पहाडी र हिमाली भागमा केन्द्रित गर्नुपर्ने बताएकी हुन् । राष्ट्रिय गौरवका आयोजनाहरू तराईकेन्द्रित भएको उल्लेख गर्दै उनले खेतीयोग्य जमिन पहाड र हिमालमा पनि भएकाले सो भेगमा सिँचाइ सुविधा पुर्‍याउने गरी आगामी दिनमा नीति तथा योजना तर्जुमा गर्नुपर्ने उनको धारणा छ  ।

‘हाम्रो सबै राष्ट्रिय गौरवलगायतका आयोजना तराईकेन्द्रित छन् । तर, उर्वर जमिन पहाडमा पनि छ, हिमाली भेगमा पनि छ । हामीले त्यसलाई पनि सम्बोधन गर्ने नीति, योजना, कार्यक्रम ल्याउनुपर्छ भन्ने मेरो अनुभूतिको विषय हो,’ मन्त्री भुसालले भनिन्, ‘अब हामीले सिँचाइको आयोजना बनाउँदा त्यो पहाडको सिँचाइ, हिमाली भेगका जमिनमा सिँचाइको व्यवस्था पुर्‍याऊँ ।’ 

पहाडी र हिमाली भेगमा सिँचाइ पुर्‍याउन सके खाद्यान्न उत्पादनमा वृद्धि भएर आत्मनिर्भर हुन सकिने मन्त्री भुसालले बताइन् । मन्त्री भुसालले देशमा आर्थिक तरलताको स्थिति भए पनि आर्थिक संकट भने नरहेको बताइन् । उनले नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो हुने हो कि भनेर अतिरञ्जित गरिएको बताइन् । आयातित वस्तुलाई प्रयोग नगरेर आफ्नै देशमा उत्पादित वस्तुहरूको प्रयोग गर्नुपर्नेमा उनको जोड थियो । उनले कृषिमा आत्मनिर्भर, पर्यटन र जलविद्युतको विकास भए मात्र देशमा आर्थिक समृद्धि हुने बताइन् ।