१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ चैत २५ शुक्रबार १२:२१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ललितपुरका मेयर चिरिबाबु भन्छन्– फ्लाइओभर ल्यान्डिङ गर्ने स्पेस भएन

Read Time : < 1 मिनेट
२०७८ चैत २५ शुक्रबार १२:२१:००

ल्यान्डिङ स्पेसको अभावमा ललितपुरको पुल्चोकदेखि थापाथलीसम्म फ्लाइओभर निर्माण कार्य सुरु हुन नसकेको ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बताएका छन्। आफैँले अघि सारेको फ्लाइओभर योजनाको अलपत्र अवस्था सुनाउँदै बिहीबार उनले सञ्चारकर्मी तथा महानगरवासीसँग यस्तो बताएका हुन्। 

ललितपुर महानगरले थापाथली पुलसम्म फ्लाइओभर पुर्‍याउने र त्यसको मुख तथा प्रवेशद्वारको काम काठमाडौं महानगरपालिकाले गर्नुपर्ने बताए। काठमाडौं महानगरले उक्त योजनामा समन्वय तथा छलफल नगरेकाले ललितपुरले पनि फ्लाइओभर निर्माणको काम सुरु गर्न नसकेको उनको भनाइ थियो।  ‘हामीले फ्लाइओभरको डिजाइनबारे जाइकालाई अध्ययन पनि गरायौँ। उसले प्रतिवेदन पनि प्रस्तुत गर्‍याे, तर योजना सुरु गरौँ भनेको ल्यान्डिङ गर्ने ठाउँ भएन,’ उनले भने, ‘थापाथलीमा काठमाडौं महानगरले प्रवेशद्वार बनाइदियो भने हामीले त्यहाँबाट पुल्चोकसम्म ल्याउन सक्छौँ।’

मेयर महर्जनका अनुसार जाइकाको टोलीले फ्लाइओभरको सम्भाव्यता अध्ययन गर्दा आसपासका सडकको दायरा बढाउनुपर्ने बताएको थियो। त्यसका लागि आसपासका घर तथा जग्गा अधिग्रहण गर्नुपर्ने भए पनि उक्त कार्य निकै कठिन रहेको मेयर महर्जनले बताए। उनले काठमाडौंतर्फको काम सुरु भएपछि ललितपुरले क्षेत्रफल पुग्ने ठाउँमा काम सुरु गर्ने बताए।

०७४ सालको चुनावमा चिरिबाबुले आफ्नो घोषणापत्रमै १.५ किलाेमिटर फ्लाइओभर योजनालाई समेटेका थिए। उनले त्यतिवेला चार वर्षमा फ्लाइओभर बनाइसक्ने प्रतिबद्धता गरेका थिए। तर, हालसम्म महानगरले फ्लाइओभर योजना सुरु गर्न सकेको छैन।