१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ चैत २४ बिहीबार १६:३१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गिरिजाप्रसाद कोइराला फाउन्डेसनको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ चैत २४ बिहीबार १६:३१:००

गिरिजाप्रसाद कोइराला फाउन्डेसनको आयोजनामा बुढानीलकण्ठमा स्वास्थ्य शिविर सम्पन्न भएको छ। बुढानीलकण्ठ नगरपालिका– ४ मा आयोजित कार्यक्रम फाउन्डेसनको आयोजना र नेपाली कांग्रेस बुढानीलकण्ठ नगरपालिका कार्यसमिति तथा ४ नम्बर वडा कार्यसमितिको संयुक्त आयोजनामा सम्पन्न भएको हो। 

कार्यक्रममा चार सयजनाले निःशुल्क स्वास्थ्य सेवा लिएका आयोजकले जनाएको छ। ४ नम्बरका वडासदस्य श्रीराम केसीका अनुसार कार्यक्रममा काठमाडौं मेडिकल कलेजका स्वास्थ्यकर्मीले स्वास्थ्य सेवा उपलब्ध गराएका थिए। शिविरमा बालरोग, नाक, कान, घाँटी, स्त्रीरोग, शल्यक्रिया, हाडजोर्नी, आँखा र दाँतको निःशुल्क परीक्षण गरिएको थियो।

त्यस्तै, कार्यक्रममा इसिजी, एक्स–रे, भिडियो एक्स–रे तथा रगत र पिसाबको निःशुल्क परीक्षण गरिएको थियो। स्वास्थ्य शिविरमा काठमाडौं मेडिकल कलेजले ल्याबको व्यवस्था गरेको आयोजकले जानकारी दिएको छ।

कार्यक्रममा कांग्रेस क्षेत्र नम्बर ५ का सभापति  श्यामबहादुर खड्का, कांग्रेस क्षेत्र नम्बर ५ (ख)का सभापति तथा ४ नम्बर वडाध्यक्ष राजु खड्का र वडा नम्बर ४ का कांग्रेस सभापति श्याम खड्कालगायतको उपस्थिति रहेको थियो।