मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ चैत २३ बुधबार ०६:१८:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल एसबिआईको एटिएम र पिओएसमा भारतको रुपे कार्ड चल्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ चैत २३ बुधबार ०६:१८:००

नेपाल एसबिआई बैंकको एटिएम र पिओएस मेसिनहरूमा रुपे कार्ड चल्ने भएको छ । भारतको रुपे कार्डमार्फत नेपाल एसबिआईको एटिएमबाट रकम निकाल्न र पिओएस मेसिनमार्फत किनमेल गर्न मिल्ने भएको हो ।  नेपालमा रुपे कार्डको सुरुवात नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा गरेका थिए ।

रुपे भारतको पहिलो विश्वव्यापी कार्ड भुक्तानी प्रणाली भएको बैंकको दाबी छ । यो नेसनल पेमेन्ट कर्पोरेसन अफ इन्डियाको प्रोडक्ट रहेको जनाइएको छ । नेपालमा रुपेको सुरुवातले डिजिटल कारोबारलाई प्रवद्र्धन गर्ने र नेपालमा भारतीय मुद्रा प्रवाह बढाउन मद्दत पुग्ने जनाइएको छ ।

हाललाई नेपालमा रुपे कार्ड स्वीकार हुने एक मात्र बैंक नेपाल एसबिआई रहेको जनाइएको छ । रुपे कार्डका सबै भेरियन्टहरू नेपाल एसबिआई बैंकका पिओएस मेसिनहरूमा र ग्लोबल भेरियन्ट नेपाल एसबिआई बैंकका एटिएम टर्मिनलहरूमा प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।