मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ चैत २३ बुधबार ०६:१६:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सामसङका घरायसी सामानमा नयाँ वर्षको अफर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ चैत २३ बुधबार ०६:१६:००

सामसङ नेपालले नयाँ वर्ष २०७९ को अवसर पारेर ‘नयाँ वर्षको कोसेली, घर भिœयाऔँ यसपालि’ नामक योजना सञ्चालन गरेको छ । कम्पनीले आउँदो जेठ १ गते वा स्टक रहुन्जेलसम्म ग्राहकले सामसङका टिभी तथा डिजिटल घरेलु सामग्रीको खरिदमा छुट प्रदान गर्ने भएको हो ।  

योजना सामसङको टिभी, रेफ्रिजेरेटर र वासिङ मेसिन खरिदमा लागू गरिएको कम्पनीले जनाएको छ । जसअनुसार सामसङको लाइफस्टाइल टिभी द फ्रेम खरिद गर्दा प्रारम्भिक क्यासब्याक प्राप्त गर्न सकिने जनाइएको छ । त्यस्तै, क्युएलइडी टिभीमा २० प्रतिशतसम्म र क्रिस्टल ४के युएचडी टिभी २० प्रतिशतभन्दा ज्यादा छुटमा उपलब्ध रहेको जनाइएको छ ।

त्यस्तै, स्मार्ट टिभीमा अधिकतम २५ प्रतिशत तथा पाँच सय ७९ लिटरको कन्भर्टिबल फ्रेन्च डोर रेफ्रिजेरेटर, तीन सय १४ लिटरको कर्ड माइस्त्रोे र डिजिटल इन्भर्टर डबल डोर रेफ्रिजेरेटरहरू र सिंगल डोर रेफ्रिजेरेटरमा २२ प्रतिशतसम्मको क्यासब्याक अफर रहेको कमपनीले जनाएको छ । 

यस्तै, आठ केजी, नौ केजी र १२ केजी क्षमताका फ्रन्ट लोड वासिङ मेसिन, आठ र १२ केजी क्षमताका एआई इकोबबल वासर ड्रायर, सात केजी क्षमताको टप लोड डिजिटल इन्भर्टर प्रविधि र सात केजी क्षमताको टप लोड वासिङ मेसिनहरूमा पनि योजना अवधिभर १७ प्रतिशतसम्म क्यासब्याक प्रदान गरिएको कम्पनीले जनाएको छ । 

टिभीमा एक वर्ष वारेन्टी र थप एक वर्ष प्यानलहरूमा वारेन्टी दिएको जनाइएको छ । डिआइटी कम्प्रेसर (रेफ्रिजेरेटर) र एसीमा १० वर्ष, डिआइटी मोटर (वासिङ मेसिन)मा १० वर्षको वारेन्टी रहेको कम्पनीले जनाएको छ । यसका साथै ग्राहकको सुविधाका लागि योजना अवधिभर खरिद गरिएका केही उपकरणहरू निःशुल्क जडान गरिदिने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।