मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ चैत २३ बुधबार ०७:४१:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

मोक्षदा स्कुलमा एकदिने स्वास्थ्य शिविर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ चैत २३ बुधबार ०७:४१:००

शिविरमा विद्यालयका बालबालिका, अभिभावक तथा समुदायका गरी करिब एक सय २० भन्दा बढीको स्वास्थ्य परीक्षण गरियाे

कुमारीगालस्थित मोक्षदा स्कुलले एकदिने आँखा, नाक, कान र घाँटीसम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरमा बिपी नेत्र प्रतिष्ठान, बाल आँखा, नाक, कान, घाँटी अस्पताल एवं पुनर्स्थापना सेवा, भक्तपुरको प्राविधिक सहयोग रहेको थियो । 

शिविरमा विद्यालयका बालबालिका, अभिभावक तथा समुदायका गरी करिब एक सय २० भन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य परीक्षणमा अस्पतालका तर्फबाट डा. जनक पाण्डे, डा. निर्भीक श्रेष्ठ, र डा. ध्रुव बुढा क्षेत्री संलग्न थिए । 

मोक्षदा स्कुलका प्रधानाध्यापक ठाकुर तिमल्सेनाले विद्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत यसपटक बाल आँखा, नाक, कान, घाँटी अस्पतालसँग मिलेर बालबालिका, अभिभावक र समुदायलाई लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन गरेको र निकट भविष्यमा विद्यालयका बालबालिकालाई मात्र लक्षित गरी छुट्टै स्वास्थ्य शिविर सञ्चालन गरिने बताए ।