१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ चैत २२ मंगलबार १८:०२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ललितपुरमा १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने

Read Time : < 1 मिनेट
२०७८ चैत २२ मंगलबार १८:०२:००

ललितपुरमा चैत्र २५ देखि वैशाख ८ गतेसम्म टाइफाइडविरुद्धको खोप कार्यक्रम सञ्चालन हुने भएको छ। १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई लक्षित गरी उक्त खोप कार्यक्रम सुरु गर्न लागिएको हो।
 
जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार जिल्लाका ६ वटै स्थानीय तहमा खोप कार्यक्रम सञ्चालन गरिनेछ। त्यसको लागि २४० जना स्वास्थ्यकर्मीलाई तालिम दिइएको छ। त्यस्तै, खोप कार्यक्रममा १५ सय स्वयंसेविका परिचालन गरिनेछ।

जिल्लाका सबैजसो स्वास्थ्य संस्था र स्थानीयलाई पायक पर्ने स्थानमा खोप केन्द्र सञ्चालन गरिने जनस्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ। अनुदानमा प्राप्त भएको खोप वितरण र व्यवस्थापनको लागि स्वास्थ्य कार्यालयले करिब ५७ लाख बजेट छुट्याएको छ। बालबालिकालाई खोप लगाउने कार्यक्रममा अभिभावक पनि उपस्थित हुनुपर्ने जनस्वास्थ्य कार्यालयले जनाएको छ।