१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ चैत २२ मंगलबार १२:५४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जाजरकोटमा गठबन्धनका चार दलबीच तालमेल गर्ने निर्णय

Read Time : < 1 मिनेट
२०७८ चैत २२ मंगलबार १२:५४:००

जाजरकोटमा आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा सत्तारुढ दलहरूले तालमेल गर्ने निर्णय गरेका छन्। नेपाली कांग्रेसका जिल्ला सभापति बेदराज सिंहको अध्यक्षता बसेको बैठकले सत्तारुढ दलहरूबीच तालमेल गर्ने निर्णय गरेको हो।

आसन्न स्थानीय तहको निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच चुनावी तालमेल गर्ने निर्णय भएको माओवादी केन्द्रका जिल्ला संयोजक डम्बरबहादुर रावतले जानकारी दिए।

गठबन्धनको कामकारबाहीलाई व्यवस्थित बनाउन आवश्यक तयारीका लागि पार्टी प्रमुखसहित एक दलबाट तीनजनाका दरले १२ जनाको जिल्लास्तरीय संयन्त्र गठन गर्ने, पालिकास्तरमा सत्तागठबन्धनको मर्मविपरीत गतिविधि सञ्चालन तथा अभिव्यक्ति नदिन निर्देशन दिने र पालिकास्तरमा पनि चुनावी तालमेलको संयन्त्र निर्माण गर्ने सहमति भएको नेपाली कांग्रेसका जिल्ला सभापति सिंहले जानकारी दिए।