मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ चैत २२ मंगलबार ०६:१५:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

भायानेटको नयाँ रिफरल योजना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ चैत २२ मंगलबार ०६:१५:००

इन्टरनेट सेवाप्रदायक भायानेटले नयाँ रिफरल योजना सार्वजनिक गरेको छ । कम्पनीले योजनामा सहभागी हुने ग्राहकलाई तीन महिनाको इन्टरनेटसँगै एमआईको डुअल ब्यान्ड राउटर सित्तैमा प्रदान गर्ने योजना ल्याएको हो । 

योजनाअन्तर्गत भायानेट रिफर गर्ने र पाउने दुवैले एक महिनाको इन्टरनेट निःशुल्क पाउने जनाइएको छ । साथै, ९० दिनभित्र कुनै पनि भायानेटका ग्राहकले तीनजना नयाँ ग्राहकलाई भायानेटको अल्ट्रा–फाई प्याक सफलतापूर्वक रिफर गरेमा एक महिनाका दरले तीन महिनाको इन्टरनेटसँगै एमआईको डुअल ब्यान्ड राउटर पनि सित्तैमा पाउन सक्ने कम्पनीले जनाएको छ । 

ग्राहकले रिफरल इनामका लागि योग्य हुन उसले रिफर गरेको व्यक्तिले ६ महिना वा सोभन्दा माथिको प्याकेज खरिद गरेको हुनुपर्ने सर्त राखेको छ । कम्पनीले अल्ट्रा–फाई लाइन अपअन्तर्गत सुपथ मूल्यमा उच्च गतिको इन्टरनेट दिँदै आएको जनाएको छ । धेरै क्षमताको इन्टरनेट चाहिने ग्राहकलाई लक्षित गरी ल्याइएको यो सेवामा १७५ एमबिपिएसको इन्टरनेटसँगै दुईवटा भायाटिभी उपलब्ध रहेको जनाइएको छ । यसको मूल्य प्रतिमहिना एक हजार दुई सय ५० रुपैयाँ रहेको जनाइएको छ ।