मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ चैत २१ सोमबार १०:२३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाघको आक्रमणबाट एकजनाको मृत्यु

Read Time : < 1 मिनेट
२०७८ चैत २१ सोमबार १०:२३:००

चितवन राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका– ९ बाँदरझुलाका३ ९ वर्षीय सुरेश विक रहेकाे चितवन राष्ट्रिय निकुन्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए।
    
भरतपुर महानगरपालिका– २३ स्थित सो निकुन्जको दोभान मध्यवर्ती सामुदायिक वनमा आइतबार साँझ विकलाई बाघले आक्रमण गरेको थियो। आफन्तको घरमा बस्दै आएका उनलाई घाँस काट्न जाने क्रममा बाघले आक्रमण गरेको निकुन्जका सूचना अधिकारी तिवारीले बताए।  बाघको आक्रमणबाट विकको घटनास्थलमा नै मृत्यु भएको जनाइएको छ। विकको शव नजिकैको हरियाली सामुदायिक वनमा भेटिएको निकुन्जले जनाएको छ। रासस