Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ चैत २० आइतबार ०६:१०:००
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

दिल्लीमा देउवा र मोदीले देखाए  हरियो झन्डा, जयनगरबाट छुट्यो रेल

Read Time : < 1 मिनेट
२०७८ चैत २० आइतबार ०६:१०:००

डेढ वर्षदेखि थन्किएको नेपाली रेलले जनकपुर–जयनगरमा आइतबारदेखि नियमित यात्रु ओसार्ने भएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले शनिबार दिल्लीको हैदराबाद हाउसमा हरियो झन्डा देखाएर रेल सेवाको भर्चुअल उद्घाटन गरेका हुन् ।

दुलहीझैँ सजाइएको रेल उद्घाटनसँगै जनयनगरबाट जनकपुरका लागि छुटेको थियो । जनकपुरमा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले रेलको स्वागत गरेका थिए । उनीहरू जनकपुरबाट रेल चढेर कुर्थासम्म पुगेका थिए । जनकपुरधाममा रहेको रेल्वे स्टेसन पनि झकिझकाउ पारिएको थियो ।

स्टेसनमा भिड लागेका स्थानीयले खुसियालीमा ‘नेपाल–भारत मैत्री सम्बन्ध जिन्दावाद’को नारा लगाएका थिए । यसअघि पटक–पटक रेल सञ्चालनको मिति तोकिँदै आएकोमा कार्यान्वयन हुन सकेको थिएन । इनर्वा स्टेसनमा रोकिएको रेल सफाइ र सजावटका लागि शुक्रबार जयनगर रेल्वे स्टेसन पुर्‍याइएको थियो ।

उद्घाटनका लागि जयनगर स्टेसनमा नेपाल रेल्वेका महाप्रबन्धक निरञ्जन झा, सिराहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी, सशस्त्र प्रहरी बल इनर्वा बिओपीका शम्भु कटुवाल सहभागी थिए ।

त्यस्तै, भारतका डिभिजन रेल म्यानेजर आलोक अग्रवाल, मध्य रेल्वे हाजिपुरका पूर्वजिएम अनुपम शर्मा, मधुवनी जिल्लाका डिएसएम अमित कुमार, एसपी डा. सत्य प्रकाश, एसएसपीका कमान्डेन्ट आइपी पनपै, एसडिओ बेबीकुमारीलगायत पदाधिकारी सहभागी थिए ।