मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ चैत १९ शनिबार १८:१५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गठबन्धनका लागि सत्तारुढ दलद्वारा रुपन्देहीमा जिल्ला स्तरीय संयन्त्र गठन

Read Time : < 1 मिनेट
२०७८ चैत १९ शनिबार १८:१५:००

सत्तागठबन्धनमा आबद्ध पाँच दलले रुपन्देहीमा पनि चुुनावी तालमेल गर्नका लागि जिल्ला स्तरीय संयन्त्र गठन गरेका छन् । कांग्रेस रुपन्देहीको पार्टी कार्यालय भैरहवामा बसेको गठबन्धनमा आबद्ध दलहरूको बैठकले चुनावी तालमेलको आवश्यकता ठहर गर्दै सोको लागि जिल्ला स्तरीय संयन्त्र गठन गरेको हो ।

 कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणको संयोजकत्वमा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक नारायण जिसी, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष रामअवतार यादव, नेकपा एकीकृत समाजवादीका अध्यक्ष राजु गुरुङ र राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष बद्रे आलम सदस्य रहेको समिति गठन गरेको छ । 

उक्त समितिले आगामी स्थानीय तहको निर्वाचनमा जिल्लाको वस्तु स्थिति बुझी केन्द्रलाई सुुझाब पठाउनेछ भने जिल्लामा आवश्यक रणनीति तय गर्नेछ । संयन्त्रले आ- आफ्नो पार्टीको स्थानीय तहमा वस्तु स्थिति बुुझी यही चैत २२ गते थप छलफल गर्नेछ ।