मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका वासिङ्टन
२०७८ चैत १९ शनिबार १५:१६:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

पुटिनका कारण विश्वभरी मूल्यवृद्धि भयो : बाइडेन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, वासिङ्टन
२०७८ चैत १९ शनिबार १५:१६:००

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कारण विश्वभरि मूल्यवृद्धि भएको आरोप लगाएका छन्। रुसले युक्रेनमा आक्रमण गरेपछि तेल र ग्यासको मूल्य बढेपछि अन्य क्षेत्रमा पनि मूल्यवृद्धि भएको उनको भनाइ छ।

विश्वभरि अहिले मूल्यवृद्धि भएको र कतिपय देशमा ऊर्जा, खाद्यान्नलगायतको अभावसमेत भएको उल्लेख गर्दै उनले त्यसको दोषी पुटिन नै भएको दाबी गरे। शुक्रबार उनले भने, “रुसले युक्रेनमाथि आक्रमण गरेको आज ३८ दिन भइसक्यो, आक्रमणको असर दिनप्रतिदिन विश्वभरि फैलिँदै र थप गहिरिँदै गएको छ। रुसको आक्रमणले युक्रेनमा मात्र नभई विश्वभरि नै हानि गरेको छ।”

उनले मूल्यवृद्धि घटाउन पनि पुटिनले भूमिका खेल्नुपर्नेमा जोड दिँदै मूल्य नघटेमा त्यसको दोषी पुटिन नै हुने टिप्पणी गरे। “यो मूल्यवृद्धि अझै कहाँसम्म पुग्ने हो भन्ने कुरा अनुमान लगाउन नसकिने अवस्था छ,” सामाजिक सञ्जाल ट्विटरमा उनले लेखेका छन्।

आफूले दिएको सुझाव र आग्रहलाई पुटिनले बेवास्ता गरेकाले विश्वभरलाई नै असर पर्ने काम भइरहेको भन्दै बाइडेनले चिन्ता व्यक्त गरेका छन्। उनले तत्काल युद्ध रोक्न र वार्तामार्फत विवाद अन्त्य गर्न पटक–पटक आग्रह गर्दै आएको पनि स्मरण गराएका छन् । रासस/एएनआई