१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
गणेश लम्साल विराटनगर
२०७८ चैत १९ शनिबार १०:३५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नोबेल अस्पतालका चिकित्सक मृत फेला 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७८ चैत १९ शनिबार १०:३५:००

विराटनगर कञ्चनबारी स्थित नोबेल अस्पतालमा कार्यरत चिकित्सक विजय यादव आज बिहान आफ्नै डेराअगाडि मृत अवस्थामा फेला परेका छन् । सप्तरीको राजविराज घर भएका २८ वर्षीय चिकित्सक विजय विराटनगर महानगरपालिका-४ स्थित नोबेल अस्पतालनजिकै बस्दै आएका थिए । 

नोबेल अस्पतलामा कार्यरत उनी शुक्रबार मोरङको कटहरीमा आयोजना भएको नोबेल अस्पतलाको स्वास्थ्य शिविरमा सहभागी भएर फर्किएका थिए । मेडिकल अफिसरका रूपमा तीन वर्षदेखि नोबेलमा कार्यरत एमबिबिएस डाक्टर यादव  अर्थाेपेडिक वार्डमा कार्यरत रहेको नोबेल अस्पतालका निर्देशक नारायण दाहालले बताए । 

स्थानीयका अनुसार शुक्रबार राति डाक्टर यादव बसेको टोलमा झगडा भएको थियो । यसैले उनको कसैले हत्या गरेको हुन सक्ने आफन्तले शंका गरेका छन् । मोरङका एसपी जनार्दन जिसीले डाक्टर मृत फेला परेको घटनाको गहन अनुसन्धान सुरु भइसकेको जानकारी दिए ।