१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ चैत १७ बिहीबार १६:५४:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

स्थानीय निर्वाचनमा गठबन्धनका लागि सुदूरपश्चिम सरकारमा कांग्रेसको सहभागिता अनिवार्य : नेता महर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ चैत १७ बिहीबार १६:५४:००

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेसको सभागिता नभएसम्म आसन्न स्थानीय निर्वाचनका लागि बन्ने गठबन्धन कार्यान्वयनमा कठिनाइ हुने बताएका छन्। 

स्थानीय निर्वाचन परिचालन समितिका संयोजनक एवं पार्टी उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको परिचालन समितिको बैठकमा महरले कांग्रेसको नेतृत्वमा ६ वटा प्रदेशमा गठबन्धन सरकार बन्ने, तर सुदूरपश्चिम सरकारमा गठबन्धन सरकार किन नहुने भन्दै प्रश्न गरे। ‘पटकपटक सुदूरपश्चिमका कांग्रेस सांसदले केन्द्रीय नेतृत्वलाई अवगत गराउँदासमेत कांग्रेसलाई किन सरकारमा सहभागी गराइएन ?’ नेता महरले भने।

सुदूरपश्चिममा स्थानीय निर्वाचनका लागि बन्ने गठबन्धनका लागि प्रदेश सरकारमा कांग्रेसलाई अनिवार्य सहभागी गराउनुपर्ने महरको भनाइ छ। साथै गठबन्धनको संस्कृति अगाडि बढाउन पनि सुदूरपश्चिममा गठबन्धन सरकार निर्माण गर्नुपर्ने अनिवार्य सर्त रहेको उनले बताए।

सानेपामा जारी कांग्रेस परिचालन समितिको बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू, प्रवक्ता प्रकाशशरण महतलगायत ४८ भन्दा बढी केन्द्रीय सदस्यको उपस्थिति रहेको थियो।