१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
श्रवण थापा सर्लाही
२०७८ चैत १७ बिहीबार ०९:११:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लालबन्दीमा कार दुर्घटना हुँदा चालकको ज्यान गयो, पाँच घाइते

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
२०७८ चैत १७ बिहीबार ०९:११:००

भारतीय नम्बर प्लेटको कार दुर्घटना, कारमा सवार सबै भारतीय नागरिक

पूर्व–पश्चिम लोकमार्गस्थित लालबन्दीमा भएको कार दुर्घटनामा चालकको ज्यान गएको छ भने पाँचजना घाइते भएका छन् । सर्लाहीको लालबन्दी नगरपालिका–१७ स्थित कालिन्जोर पुलनजिकै बुधबार राति भारतीय नम्बर प्लेटको बिआर ०६ बिएम १५३७ नम्बरको कार दुर्घटनामा परेको हो । दुर्घटनामा परेर कारचालक भारतको सीतामढी जिल्ला बयलडाबड धनुषी– २, निवासी २२ वर्षीय नवीन यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । 

गम्भीर घाइते यादवको तत्काल उद्धार गरी लालबन्दीस्थित गढीमाई अस्पताल पुर्‍याइएको थियो । कानबाट अधिक रगत बगेको अवस्थामा अस्पताल पुर्‍याउनेबित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । मृतक यादवको सबपोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ । 

यसैगरी, कारमा सवार भारतको सीतामढी जिल्लाको बयलडाबड धनुषी– २, का २७ वर्षीय अतुल कुमार, १९ वर्षीय दिव्यान्स यादव, २८ वर्षीय  प्रिन्सराज राजपुत, २२ वर्षीय सौरव यादव र भारतको मुजफ्फरपुर रामनगर– १ बस्ने २५ वर्षीय  अजित यादव गम्भीर घाइते भएका छन् । उनीहरूको लालबन्दीस्थित गढीमाई अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको हो । उनीहरूको पनि शरीरको विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार तीव्रगतिका कारण कार अनियन्त्रित भई सडकबाट १० फिट तल पल्टिएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भयरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुडाथोकीले जानकारी दिए ।