Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७८ चैत १७ बिहीबार ०७:१०:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

पल शाहको निवेदनपछि उच्च अदालतले मगायो कैफियत प्रतिवेदन

Read Time : < 1 मिनेट
२०७८ चैत १७ बिहीबार ०७:१०:००

उच्च अदालत पोखराले अभिनेता पल शाहको मुद्दासम्बन्धी कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको छ । शाहले साधारण तारेखको माग गर्दै मंगलबार अदालतमा निवेदन दिएका थिए । बुधबार अदालतमा भएको प्रारम्भिक सुनुवाइपछि न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासले कैफियत प्रतिवेदन मगाउने आदेश दिएको उच्च अदालत पोखराका सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी दिए ।

कैफियत प्रतिवेदन आएलगत्तै सरकारी वकिल र शाहका कानुन व्यवसायीको पूर्ण बहसपछि उनलाई तारेखमा छाड्ने वा पुर्पक्षका लागि थुनामै राख्ने आदेश आउने आचार्यले बताए । म्युनिक भिडियोको सुटिङका क्रममा चिनजान भएसँगै विवाह गर्ने भनी प्रेमको झुटो आश्वासन दिएर शाहले आफूलाई पटकपटक करणी गरेको भन्दै नाबालिगले ११ फागुनमा शाहविरुद्ध उजुरी दिएकी थिइन् । आफूविरुद्ध उजुरी परेपछि शाह १५ फागुनमा प्रहरीसमक्ष पुगेका थिए । 

थुनछेक बहसपछि १० चैतमा तनहुँ जिल्ला अदालतले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश सुनाएको थियो । अदालतको आदेशविरुद्ध मंगलबार शाहले उच्च अदालत पोखरामा निवेदन दिएका हुन् । मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३ बमोजिम शाहले अदालतमा निवेदन दिएका थिए ।

थुनामा राख्न गरिएको जिल्ला अदालतको आदेश कानुनसम्मत, मिसिल र तथ्यगत प्रमाणसम्मत नभएकोले थुनामुक्त गरी साधारण तारेखमा राखेर अनुसन्धान गर्न निवेदनमा माग गरिएको छ । जिल्ला अदालत तनहुँका न्यायाधीश हरिश्चन्द्र ढुंगानाले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ बमोजिम शाहलाई तत्काल पुर्पक्षका लागि थुनामा पठाउने आदेश सुनाएका थिए ।