मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ चैत १६ बुधबार ०६:२२:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एससिटी र एनआइसी एसिया बैंकबीच सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ चैत १६ बुधबार ०६:२२:००

भुक्तानी प्रणाली सञ्चालक स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) र एनआइसी एसिया बैंकबीच स्मार्ट क्युआरमार्फत भुक्तानी सेवा सञ्चालनका लागि सम्झौता भएको छ । सम्झौतामा एससिटीका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजू र एनआइसी एसिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष राठीले हस्ताक्षर गरेका हुन् । 

सम्झौताअनुसार विभिन्न व्यापार—व्यवसाय गर्दै आएका व्यवसायिले एनआइसी एसिया बैंकमार्फत स्मार्ट क्युआरको सुविधा लिन पाउने जनाइएको छ । इएमभी स्ट्यान्डर्डमा जारी गरी फाइनान्सियल स्विचमार्फत कारोबारको भुक्तानी तथा फस्र्योट गर्ने भएकाले स्मार्ट क्युआरमार्फत भुक्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहेको कम्पनीको दाबी छ ।

विगत २० वर्षदेखि विभिन्न भुक्तानीका विभिन्न सेवा दिँदै आएको एससिटी र एनआइसी एसियाबीच भएको यो सहकार्यले देशको समग्र अर्थतन्त्रको विकासमा थप योगदान पुग्ने कम्पनीको दाबी छ ।