Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ चैत १६ बुधबार ०७:०५:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

खुला दोहोरी गीत आजदेखि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ चैत १६ बुधबार ०७:०५:००

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रीय समितिको आयोजनामा १६–१९ चैतसम्म भृकुटीमण्डपमा छैटौँ टुबोर्ग राष्ट्रिय रनिङ सिल्ड खुला राष्ट्रिय दोहोरी प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा देशभरिबाट ७० समूह सहभागी हुनेछन् । दोहोरी गीतमा एक लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा आयोजकको छ । प्रतियोगिताभरि राष्ट्रिय कलाकारहरूले सांगीतिक प्रस्तुति दिनेछन् ।

प्रतियोगितामा पहिलो हुनेले दुई लाख २५ हजार रुपैयाँ पाउनेछन् । उपविजेताले एक लाख ५० हजार र तेस्रो स्थान हासिल गर्नेले एक लाख रुपैयाँ पाउनेछन् । यसैगरी चौथो स्थानमा रहनेलाई ५० हजार रुपैयाँ प्रदान गरिनेछ । उत्कृष्ट दुई पुरुष र महिलालाई दश हजार रुपैयाँ दिइनेछ । उत्कृष्ट वेशभूषा र अनुशासित समूहलाई जनही १० हजार रुपैयाँ दिइनेछ । 

गोरखा ब्रुअरीको मार्केटिङ डाइरेक्टर आशिष विष्टले टुबोर्ग नेपालमा विभिन्न सांगीतिक कार्यक्रमसँग आबद्ध हुँदै आफ्नो छुट्टै पहिचान बनाएको बताएका छन् । १८ वर्षअघि टुबोर्ग दोहोरी प्रतियोगितासँग आबद्ध भएको थियो । संगीतको क्षेत्रमा दोहोरी, संगीत मात्र नभई नेपालीहरूको संस्कृति र पहिचान भएको विष्टले बताएका छन् । टुबोर्गले यस प्रतियोगितासँग आबद्ध भएर संस्कृतिको जगेर्ना गर्ने हरेक गायक–गायिकालाई प्रोत्साहन र हौसला प्रदान गर्ने उनले बताए ।