१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७८ चैत १५ मंगलबार १२:०१:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

जापानले कम्पनीहरूलाई रुबलमा कारोबार नगर्न आग्रह गर्ने

Read Time : < 1 मिनेट
२०७८ चैत १५ मंगलबार १२:०१:००

जापान सरकारले रुसी तरल प्राकृतिक ग्यास (एलएनजी)का लागि रुबलमा कारोबार नगर्न कम्पनीहरूलाई आग्रह गरिरहेको  मुख्य क्याबिनेट सचिव हिरोकाजु मात्सुनोले बताएका छन्।

‘अहिलेसम्म त्यस किसिमको कारोबार गर्नेबारे सूचनाहरू छैनन् ता कि जापानी कम्पनीहरूसँग रुसबाट एलएनजीको आपूर्तिका लागि विद्यमान सम्झौताहरू रुबलमा रूपान्तरणको आवश्यकता पर्नेछ। यद्यपि, त्यस्ता मागहरू प्राप्त भएमा जापान सरकारले कम्पनीहरूलाई रुबलमा कारोबार गर्न सहमत नहुन आग्रह गर्न चाहन्छ,’ उनले भने। जारी रुस–युक्रेन द्वन्द्वले गर्दा रुसले आफ्नै मुद्रालाई अन्तर्राष्ट्रिय मुद्राको रूपमा प्रयोग गर्न चाहिरहेको छ। रासस/एएनआई