१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
गणेश लम्साल विराटनगर
२०७८ चैत १५ मंगलबार ०८:४७:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

लेटाङ घटना : महिला प्रहरी हत्या आरोपमा २० जनाविरुद्ध मुद्दा 

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७८ चैत १५ मंगलबार ०८:४७:००

महिला प्रहरी उर्मिला श्रेष्ठको हत्या आरोपमा  मोरङ प्रहरीले २० जनालाई पक्राउ गरेर कर्तव्य ज्यान कसुरमा अनुसन्धान थालेको छ । ६ चैत साँझ मोरङको लेटाङमा बलात्कार आरोपी शिक्षकलाई नियन्त्रणमा लिन जाँदा स्थानीय अराजक समूहबाट धारिलो हतियार प्रहारबाट ज्यान गुमाएकी २६ वर्षिया प्रहरी जवान उर्मिला श्रेष्ठको हत्या आरोपमा मोरङ प्रहरीले एक महिलासहित २० जनालाई नियन्त्रणमा लिएर कर्तव्य ज्यान कसुरमा अनुसन्धान थालेको हो । 

मोरङका एसपी जर्नादन जिसीका अनुसार पहिलो चरणमा नाै र पछि थप ११ जना गरी २० जनालाई नियन्त्रणमा लिएर ‘कर्तव्य ज्यान कसुरमा’ सोमबार जिल्ला अदालत मोरङमा  म्याद थप गरी अनुसन्धान सुरु गरेको बताए ।

 प्रहरीका अनुसार प्रहरी जवान श्रेष्ठको हत्या आरोपमा  पक्राउ पर्नेहरूमा लेटाङ नगरपालिका– ५ का ४८ वर्षीय चन्द्र तामाङ भन्ने चन्द्रकान्ता लामा, सोही ठाउँका २५ वर्षीय रविन राई, २० वर्षीय रविन तामाङ, ६ का १८ वर्षीय बलराम भन्ने पालाराम राई, सोही वडाका १८ वर्षीय राम राई, १८ वर्षीय सन्तोष पौडेल, २० वर्षीय हिमाल श्रेष्ठ, लेटाङ ५ का २३ वर्षीय प्रदीप राई, सोही वडाकी १८ वर्षीया निशा पुलामीमगर, १८ वर्षीय सुरज अधिकारी, १९ वर्षीय सञ्जय मगर छन् । साथै, मोरङ मिक्लाजुङ गाउँपालिका– २ घर भई लेटाङ– ५ का २० वर्षीय कृष्ण विक, लेटाङ– ५ का सञ्जीव प्रधान, प्रनिस कट्टेल, झविन भन्ने जस्विन पाख्रिन, सुनिल लिम्बू, प्रह्लाद खड्का, अर्पण परियार, पासाङ तामाङ र लेटाङ– ६ का श्रवण यादव छन् ।  

लेटाङ– ५ स्थित माध्यमिक विद्यालयका ५६ वर्षीय शिक्षक मनोज पौडेलले आफैँले पढाउने १४ वर्षीया बालिकालाई होलीको बहानामा यौन दुर्व्यवहार गरेको उजुरी परेपछि स्थानीय आक्रोशित बनेका थिए । विद्यालय व्यवस्थापन समितिले आरोपी शिक्षकलाई प्रहरीको जिम्मा लगाउन ढिलाइ भएर स्थिति भड्किँदा स्थानीय र प्रहरीबीच झडप भएको थियो । झडपमा २८ जना प्रहरी घाइते भएका थिए ।  झडपपछि साँझ  अराजक समूहले प्रहरीमाथि धारिलो हतियार प्रहार गर्दा प्रहरी जवान उर्मिला श्रेष्ठको निधन भएको थियो । एकजना स्थानीय युवा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका थिए ।

घटनाबारे  केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), १ नम्बर प्रदेश प्रहरीको विशेष अनुसन्धान समूह र जिल्ला प्रहरी मोरङको संयुक्त टोलीले अनुसन्धान गरिरहेको छ । प्रदेश १ प्रहरी कार्यालय विराटनगरले  एसएसपी राजेन्द्रप्रसाद चौधरीको नेतृत्वमा घटनाको अलग्गै आन्तरिक छानबिन पनि गराइरहेको छ ।